प्रदेश

७ सय ५३ स्थानीय तह मध्य ८ पालिका अझैं बजेटविहिन



काठमाडौं, १८ मंसिर ।
७५३ स्थानीय तहमध्ये ८ वटा पालिका अझै बजेट विहिनको अवस्थामा छन् । मधेश प्रदेश अन्तर्गतका ७ वटा पालिका र लुम्बिनी प्रदेशको एउटा पालिकाले हालसम्म पनि चालू आर्थिक वर्ष २०७९ ८० को वार्षिक बजेट ल्याउन नसकेका हुन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेश प्रदेशका औरही गाउँपालिका र कर्जन्हा नगरपालिका, सिराहा, नगराइन नगरपालिका र कमला नगरपालिका, धनुषा, विष्णु गाउँपालिका, सर्लाही, बौधीमाई नगरपालिका, रौतहट र यमुनामाई गाउँपालिका, रौतहटले हालसम्म पनि वार्षिक बजेट पेश गर्न नसकेका हुन् ।

यस्तै, लुम्बिनी प्रदेशको नरैनापुर गाउँपालिका, बाँकेले समेत चालू आर्थिक वर्षको वार्षिक बजेट हालसम्म ल्याउन नसकेको मन्त्रालयले जनाएको छ । अन्य ५ वटा प्रदेशबाट भने सबै स्थानीयतहरुले पूर्णरुपमा बजेट ल्याइसकेका छन् ।
संविधान अनुसार असार १० गतेभित्र नै स्थानीय तहले आफ्नो वार्षिक आय व्ययसहितको बजेट नगर वा पालिका सभामार्फत पेश गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६