प्रदेश

समुदायमा स्वास्थ्य स्वयंमसेविकाको उच्च योगदान रहेको छः अध्यक्ष रेश्मी




काठमाण्डौं, १९ मंसिर ।
बाणगंगामा १९औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनार्ईएको छ । बाणगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा उक्त दिवस मनाईएको हो ।

दिवसका अवसरमा बाणगंगा नगरपालिका वडा नम्बर ४ मा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष छविलाल रेस्मी मगरले मातृशिशु स्याहार, सामुदायिक स्वास्थ्यदेखि कोरोना माहामारीको समयमा स्वास्थ्य स्वयंसेविकाले ठूलो योगदान पु¥याएको स्मरण गरे ।

आफ्नो व्यक्तिगत स्वास्थ्यसंगै सामुदायिक स्वास्थ्यलाई उच्च कायम राख्न स्वास्थ्य स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए । स्वास्थ्य क्षेत्रको मेरुदण्ड नै महिला स्वास्थ्य स्वयंसेविकाहरु भएको उनको भनाई छ ।

स्वास्थ्य क्षेत्रमा स्वास्थ्य स्वयंसेविकाले रातदिन नभनि पु¥याएको अतुलनीय योगदानलाई नगरपालिकासंगै वडाले पनि मुल्यांकन गरिरहेको उनले बताए । उनले निःस्वार्थ भावले सेवा गर्ने सम्पुर्ण महिला स्वास्थ्य स्वयंसेविकालाई दिवसको शुभकामना गर्दै आगामी दिनमा अझ उदाहरणीय काम गर्दै जान सुझाव दिए ।

“महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिवद्धता, स्वास्थ्य प्रवर्दधनमा हाम्रो ऐक्यबद्धता” भन्ने मुल नारा सहित नगरपालिकाका ११ वटै वडामा दिवस मनाईएको हो ।

प्रकाशित : १९ मंसिर २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६