प्रदेश

जबराविरुद्धको महाअभियोग निष्क्रिय भएको छैन, आउँदो संसदमा छलफल हुन्छः कार्की



काठमाण्डौ, २१ मंसिर । सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्क्रिय नभएको जनाएको छ ।

सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रतिनिधि सभामा निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्ताव जीवितै रहेको बताउनुभएको हो । मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न भएको पत्रकार सम्मेलनमा कार्कीले आउँदो प्रतिनिधि सभामा जबराविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुने जानकारी दिनुभयो ।

‘यो महाभियोग सार्वभौम सम्पन्न संसद्को सम्पत्ति हो । यसको छलफल आउने प्रतिनिधि सभामा हुन्छ र छलफल भएरै निर्णयमा पुग्छ’, कार्कीले भन्नुभयो । संसद् सचिवालयका महासचिवले जबरालाई महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र दिएपछि अहिले अन्योल बढेको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६