प्रदेश

फोहोरमा आगो, वातावरण प्रदुषण स्थानियलाई सास्ती




हरि घिमिरे
काठमाण्डौं, २१ मंसिर ।
कपिलवस्तुको बाणगंगा पुलचोकमा थुपारीएको फोहोरमा आगो लागेको छ । फोहर डम्पिङ भएको क्षेत्रमा आगो लगेपछि निस्किएको धुवाँको मुस्लोले वातावरण प्रदुषण हुनुका साथै मानव स्वास्थ्यमा समेत असर परेको छ । फोहरको ठुलो थुप्रोमाथि एक्कासी आगो लागेपछि स्कुल कलेज जाने विद्यार्थीदेखि स्थानीयले समेत सास्ती भोग्नु परेको थियो । बाणगंगा नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा पाएको कम्पनिले फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा यस्तो हुन पुगेको स्थानियको आरोप छ । नगरपालिकाले फेरी ईन्भाईरोमेन्टल सर्विसेस कम्पनि प्रा.लि.लाई फोहोर व्यवस्थापनको जिम्मा दिएको थियो । त्यो आगो कसले लगायो अहिलेसम्म थाहा हुन सकेको छैन । उता फोहोर व्यवस्थापनको जिम्मा पाएको फेरी ईन्भाईरोमेन्टल सर्विसेस कम्पनि प्रा.लि.का सञ्चालक कृष्ण गैतमले आफुले आगो नलगाएको र आफुले मेहनेत गरेर थुपारेको फोहोरमा कसले आगो लगायो भन्ने स्वयं आफुलाई थाहा नभएको बताए । उनले कुहिने नकुहिने फोहोर छुट्याएर राखेको दुईलाख बराबरको फोहोर जलेर नष्ट भएको बताए । उनले भने “खुल्ला ठाँउ भएकाले हामिलाई सुरक्षा भएन, कहिले समान चोरी हुन्छ, कहिले आगलागी हुन्छ ।” ‘बाणगंगामा शिक्षित समुदाय बस्छन तर फोहोर पुलचोक छेउमै फाल्छन खै कस्तो चेतना हो उनिहरुमा’ उनले भने । आफुहरु फोहोर उठाउन घरघरमा पुगेता पनि फोहोर बाटोकै छेउमा थुप्रिन्छ पुलचोक छेउमै थुप्रिन्छ किन हो थाहा भएन । सञ्चालक गैतमले राजमार्ग छेउ, खुल्ला क्षेत्र र बजार नजिक भएकाले समस्या आईरहेको बताए । उनले फोहोर डम्पिङ्ग क्षेत्र राजमार्ग भन्दा टाढा र शुरक्षित स्थानमा भएमा राम्रो व्यवस्थापन हुने बताए । उता बाणगंगा नगरपालिकाले आर्थिक बर्ष २०७८/ ०७९ मा पर्याप्त बजेट पनि विनियोजन गरेर वडा नम्बर ९ भलवाडमा डम्पिङ साइट बनाउने भएको थियो । यद्यपी अहिले सम्म कहाँ डम्पिङ साइट बनाउने भन्नेमा नगरपालिका थप छलफलमा रहेको बताईएको छ ।

प्रकाशित : २१ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६