खोज–अनुसन्धान

सोच परिवर्तन गरेर हिंसा घटाउन सांसद घिमिरेको आवहान




सरिता थारु
कपिलबस्तु २४ मंसिर ।राष्ट्रिय सभा सदस्य एवं नेकपा एमालेका पोलिटव्युरो सदस्य विमला घिमिरेले लैगिंक हिंसा अन्त्यका लागि हरेक व्यक्तिले आफनो सोच परिवर्तन गर्दै सकारात्मक सोंचको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । बाणगंगा नगरपालिकाको आयोजनामा भएको लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको औपचारिक समापन कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै उहाले यस्तो बताउनुभएको हो । उहाले राज्यको प्रमुख तहमा महिला सहभागिता भएपनि कार्यकारी पदमा भने राजनितिक दलहरुले महिलालाई अझै स्थान दिन नसकेको औल्याउनुभयो । देशको निती कानुन बनाउने दलबाटै कतिपय स्थानमा महिलाहरु महिला भएकै कारण स्थान नपाएको उल्लेख गर्नुभयो । राजनितीक दलहरुले नै संविधानमा राज्यको हरेक संरचनामा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था गरेपनि कतिपय दलहरुले आफ्नै पार्टीको विधानमा त्यो व्यवस्था लागु गर्न नसकेको उल्लेख गर्नुभयो ।
यस्तै कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले पालिका भित्र लंैगिक हिंसा न्युनिकरणका लागि लैंगिक हिंसा विरुद्धको कोष समेत खडा गरिएको बताउनुभयो । उहाँले पालिका भित्रका महिलाहरुलाई सक्षम बनाउन आयआर्जनसंग जोड्न विभिन्न आयमुलक, सीपमुलक र शसक्तिकरणका कार्यक्रमहरु संचालन गर्दै आईरहेको बताउनुभयो ।यस्तै कार्यक्रममा राजनितिक दलहरुको तर्फबाट बोल्दै माओवादी केन्द्रकी नगर उपाध्यक्ष अम्बिका पौडेलले लिंगकै आधारमा सामाजिक , आर्थिक र राजनितिक रुपमा पनि हिंसा भोग्न बाध्य भएको उल्लेख गर्नुभयो । कार्यक्रममा नागरिक समाज कपिलबस्तुका अध्यक्ष दोलख बहादुर पछाई, अखिल नेपाल महिला संघ कपिलबस्तुका अध्यक्ष चेतना अधिकारी , ईलाका प्रहरी कार्यालय पिपराका प्रमुख दिपक बाबु केसी लगाएले बोल्नुभएको थियो ।

सभ्य समाजको पहिचानः लैंगिक हिंसा उपमेयर रिता कुमारीको अध्यक्षता, महिला बालबालिका शाखा प्रमुख शुशिला पन्तको संचालन तथा भगवती आचार्य शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा वुद्धदर्पण दैनिकका सम्पादक पार्वती पाण्डेले अनुसन्धान पत्र प्रस्तुत गर्नुभएको भएको थियो ।यसैविच लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानकै अवसरमा बाणगंगा नगरपालिकाको आर्थिक सहयोग , सञ्चारीका समुह कपिलबस्तुको आयोजनामा मंसिर १६ र १७ गते भएको प्रथम बाणगंगा नगरस्तरिय खुला महिला व्याडमिन्टन प्रतियोगितामा प्रथम, द्धितिय, र सान्त्वना हुन सफल भएका सहभागितहरुलाई नगद पुरस्कार सहित, शिल्ड मेडल र प्रमाण पत्र समेत वितरण गरिएको थियो ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६