अर्थ-वाणिज्य

एमालेले निष्काशन गर्यो भुसाल शाह र चौधरीलाई



रुपन्देही २५ मंसिर ।नेकपा एमालेले स्थायी कमिटी सदस्य घनश्याम भुसाल र प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ। शनिवार पार्टी कार्यालय च्यासलमा सम्पन्न सचिवालयको बैठकले पार्टीविरुद्ध लागेको भन्दै निस्कासन गर्ने निर्णय गरेको हो।पार्टीको विरुद्धमा लागेका र पार्टी परित्याग गरेकाले हटाउने निर्णय भएको छ, प्रवक्ता पृथ्विसुब्बा गुरुङले भने। भुसालले पार्टीले टिकट नदिएपछि स्वतन्त्रबाट सत्ता गठबन्धनको समर्थनमा रुपन्देहीबाट उम्मेदवार बनेका थिए।

साह पनि रौतहटमा स्वतन्त्र उम्मेदवार बनेका थिए। दुबै जना एमाले परित्याग गरेर उम्मेदवार बनेका थिए। केन्द्रीय सदस्यहरु उपेन्द्र साह, कुन्दन कुसवाह रामपृत राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी, टेकबहादुर बलमपाटीलाई पनि पार्टीबाट हटाएको छ। केन्द्रीय निकायका खेम सुवेदी, वाङदी शेर्पा, भक्तबहादुर अधिकारी र लक्ष्मी शाहलाई पनि निस्कासन गरिएको एमालेले जनाएको छ।

प्रकाशित : २५ मंसिर २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६