अर्थ-वाणिज्य

एमाले कपिलवस्तुलाई ठूलो सफलता : छ सांसद जितेपछि ३ सांसद थप




पार्वती पाण्डे
कपिलवस्तु २६ मंसिर ।एमाले कपिलवस्तुलाई अर्काे ठूलो सफलता मिलेकोछ प्रत्यक्ष चुनाववाट २ जना संघिय र ४ जना प्रदेश सांसद जितेको एमाले कपिलवस्तुले समानुपातिकवाट ३ सांसद थप भएपछि ऐतिहासिक सफलता हात पारेको हो । एमालेले यसपाली प्रदेशका ६ र संघका ३ गरी ९ सीट रहेको कपिलवस्तुमा गठबन्धन विरुद्ध एक्लै लडेर ६ सीट जितेको थियो ।एमालेले निर्वाचन आयोगमा बुझाएको विवरणमा कपिलवस्तुको कृष्णनरका वासिन्दा सिराज अहमद फारुकी मुस्लिम कोटावाट संघिय सांसदमा परेका छन् ।उनी नेपाल मुस्लिम इत्तेहाद संगठनका केन्द्रिय अध्यक्ष हुन् । यस्तै जसपा छाडेर चुनाव अघि एमाले प्रबेश गरेकी तौलिहवा निवासी अमृता अग्रहरी समेत मधेसी महिला कोटावाट संघिय सांसद वनेकी छन् । उनी विगतम जसपावाट समानुपातिक थिइन यसपाली एमालेवाट सोही स्थान पाएकी छन् ।
यता पार्टी विभाजनका बेला एमालेमै वसेका माओवादीका तत्कालिन केन्द्रिय नेता गिरधारी लाल न्यौपाने पनि एमालेका तर्फवाट लुम्विनी प्रदेश सभाको सदस्य हुन् पाएका छन् । खस आर्य तर्फ १ नम्वरमा रहेका न्यौपानेले एमालेले पाएको १ जना पुरुष तर्फ वाजी मारेका हुन् । ४० वर्ष बढी कम्युनिष्ट राजनीतिमा विभिन्न तहको नेतृत्वमा बसेका न्यौपानेलाई पहिलो पटक सांसद हुने अवसर एमालेवाट मिलेको हो ।यता एमाले कपिलवस्तुले ७ औ पटक चुनाव लड्दा असफलता भोगेका मंगल प्रसाद गुप्तालाई आठौ पटकमा प्रत्यक्षवाट क्षेत्र नं ३ को सांसद बनाएर सो क्षेत्रको इतिहासमै यसपाली पहिलो जीत निकालेको थियो । यतिमात्र होइन गठबन्धन भन्दा २८ हजार न्यून मत रहेको कपिलवस्तु १ मा एमालेका केन्द्रिय नेता वलाराम अधिकारीलाई चुनाव लडाएर एमालेले १५ हजार वढीको मतान्तरमा जिताएर एमाले कपिलवस्तुले यसपाली चमत्कार नै गरेको थियो ।
यति मात्र होइन ६ मतको झिनो अन्तरले क्षेत्र नं ३ को प्रदेश १मा जित निकाल्ने अर्जुन केसीका कारण होस वा कपिलवस्तुका २ प्रदेश निर्वाचन क्षेत्रमा कार्यकर्ताले चुनाव लड्न माग गरेका विष्णु पन्थीलाई १को १मा ४ हजार ५सयको फराकिलो अन्तरमा गठबन्धनसंग जित निकाल्न सफल भएर होस एमाले यसपाली सफलता कै सिखरमा चढ्दै गएको छ । यो सफलता पाउने सफल अध्यक्षको रुपमा पहिलो पटक पाटीको नेतृत्व गरेका डम्मर शर्माले उच्च सफल नेताको श्रेय पाएका छन् ।एमालेले पाएको उच्च सफलताको लागि चुनावी कमाण्ड सम्हालेर नेतृत्व गर्नेमा क्षेत्र नं १ मा जिल्ला उपाध्यक्ष विश्राम प्रसाद चौधरी ,क्षेत्र नं ३ मा एमालेका प्रदेश नेता नेता सफर अली मिया रहेका छन् ।

यति मात्र होइन क्षेत्र नं १ (१)को चुनावी कमाण्डर बनेका भेषराज पाण्डे ,क्षेत्र नं १को २ मा सह कमाण्ड सम्हालेका विष्णु गौतम र बजरंगी प्रसाद कुर्मी , क्षेत्र नं २को १मा चुनावी नेतृत्व सम्हाल्ने जिल्ला उपसचिव शुसिला दर्लामी र क्षेत्र नं ३ को १ मा चुनावी कमाण्ड सम्हालेर जित हासिल गर्ने जिल्ला सचिव सिवी गहतराजले समेत यसपाली एमालेको जितको श्रेय पाएका छन् ।यतिमात्र होइन यसको सबैभन्दा ठूलो श्रेय एमालेकी पोलिटबयूरो सदस्य विमला घिमिरले पाएकी छन् । किनभने एमाले कपिलवस्तुको चुनावको अनुगमन तथा निर्देशन समितीकी संयोजक रहेर घिमिरेले समग्र ३ वटै क्षेत्र र ६ बटै प्रदेशको एकिकृत कमाण्ड समहालेकी थिइन । उनी राष्ट्रिय सभा सदस्य समेत रहेकीछन् ।

प्रकाशित : २७ मंसिर २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६