खोज–अनुसन्धान

लुम्बिनी प्रदेशका सबै मन्त्रालयका काम देउखुरीबाट चाँडै सूचारु हुन्छः मुख्यमन्त्री केसी




कपिलवस्तु २७ मंसिर ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले सङ्घीयता कार्यान्वयनका लागि गर्व गर्न लायक काम गरेको बताउनुभएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालयमा आयोजना भएको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले यस्तो भनाइ राख्नुभएको हो । मुख्यमन्त्री केसीले प्रदेशको राजधानी सार्ने अघिल्लो प्रदेश सरकारको निर्णय आफूले कार्यान्वयन गर्न सफल भएको पनि स्पष्ट पार्नुभयो ।
प्रदेश सरकारले प्रदेश भित्र रहेका सबै जिल्लालाई जोड्ने गरी १३ सय किलोमिटर पहाडी मार्ग सम्पन्न गरेको, लुम्बिनी प्रादेशिक विशेषज्ञ अस्पताल तथा लुम्बिनी प्रादेशिक विश्वविद्यालय स्थापना गरेर सङ्घीय शासन व्यवस्थालाई बलियो बनाउने दायित्व पूरा गरेको उहाँको भनाइ थियो । मुख्यमन्त्री केसीले प्रदेशसभा भवन निर्माणको काम पनि सकिएको र आगामी प्रदेशसभाको बैठक पनि देउखुरीमा गरिने बताउनुभयो । उहाँले केही दिनभित्रै मन्त्रालयहरुका सबै काम पनि राजधानी देउखुरीबाटै हुने बताउनुभयो । मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशको राजधानी सबैलाई पायक पर्ने भएकाले दाङको देउखुरीलाई चयन गरिएको बताउनुभयो ।

प्रकाशित : २८ मंसिर २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६