प्रदेश

बाँकेमा ५३८ जना एचआइभी सङ्क्रमितले नियमित उपचार गराउँदै



नेपालगञ्ज १ पुस । एचआइभी एड्सबाट सङ्क्रमित भएका बाँकेका ५३८ जनाले नेपालगन्जस्थित भेरी अस्पतालमा नियमित उपचार गराइरहेका छन् ।
स्वास्थ्य कार्यालय, बाँकेका फोकल पर्सन मानबहादुर नेपालीका अनुसार जिल्लामा ५३८ जना सङ्क्रमितहरूले एआरटी उपचार गराइरहेका छन् । भेरी अस्पतालबाट उनीहरूले सो सेवा लिइरहेको उहाँले बताउनुभयो ।
सुरुवातदेखि भेरी अस्पतालमा एआरटी उपचार लिनेहरू एक हजार ५१६ जना रहेकोमा ती मध्ये बाँकेका मात्रै ५३८ जना रहेको फोकल पर्सन नेपालीले बताउनुभयो ।
आर्थिक वर्ष २०७६र०७७ मा कुल छ हजार २०० जनाको परीक्षण गर्दा ११६ जना, २०७७र०७८ मा नौ हजार ५७६ जनाको परीक्षण गर्दा ११७ जना, २०७८र०७९ मा ११ हजार ७५४ जनाको परीक्षण गर्दा १५७ जनामा एचआइभी पोजेटिभ पाइएको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ ।
स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार बाँकेमा हालसम्म एचआइभी एड्सबाट १७० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा केही उपचारका क्रममा रहेका अन्य जिल्लाका सङ्क्रमित रहेका छन् ।
सरकारले २०३० सम्ममा एचआइभीरएड्सको महामारीलाई अन्त्य गर्ने अर्थात् शून्य नयाँ एचआइभी सङ्क्रमण, शून्य एड्स सम्बन्धित मृत्यु र शून्य एचआइभी सम्बन्धित भेदभावको लक्ष्य लिएको छ ।

प्रकाशित : १ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६