खोज–अनुसन्धान

सडक अतिक्रमण हटाउदै ३ पालिका : राजमार्ग र मुख्य सडक पहिलो निशानामा

शिवराजले थाल्यो अरु २ ले थाल्दै




कपिलवस्तु २ पुस।पुर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने कपिलवस्तुका ३ नगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका संरचना र राखिएका सामाग्री हटाउने तयारी गरेका छन । जिल्लाको बुद्धभुमी, शिवराज र बाणगंगा नगरपालिकाले सडक अतिक्रमण हटाउने तयारी गरेका हुन् । शिवराज नगरपालिकाले पहिलो चरणमा अतिक्रण हटाउन जारी गरेको सूचना अटेर गरे पछि चन्द्रौटा– कृष्णनगर सडक खन्डमा रहेको अतिक्रमण खाली गरिएको मेयर अजय थापाले बताए । सडक खण्ड मिचेर राखिएका ठेला गाडा हटाएको हो । नगरप्रमुख अजय थापाको नेतृत्वमा आएको टोलीले अतिक्रमण हटाएको थियो । एक दशक भन्दा बढी समयदेखि गरिएको अतिक्रमण नगरप्रमुख थापाले जानरी दिनु भयो । मुख्य सडक र सडक पेटी मिचेर राखिएका पसलका सामग्री ठेला गाडा तथा सडकमा पार्किङ गरी सवारीसाधन मर्मत गर्दा नगरका सुन्दरता बिग्रँदै गएको र सवारी दुर्घटनाको जोखिम बढेकाले अतिक्रमण खाली गरिएको नगरप्रमुख थापाको भनाइछ ।
उता बुद्धभूमि नगरपालिकाले सडक अतिक्रमण हटाउने गृहकार्य थालेको छ । नगरपालिकाले एक सार्वजनिक सूचना निकाल्दै नगर क्षेत्रभित्र पर्ने राजमार्ग तथा नगरका अन्य सहायक सडक तथा बाटोको छेउछाउमा पशु चौपाय बाँध्ने, सडक किनारामा विस्कुल सुकाउने, सडकका नाली अतिक्रमण गर्ने, निर्माण सामग्री राख्ने कार्य बन्द गर्न आग्रह गरेको छ । अटेर गर्नेएलाई नगरपालिकाले आफै अतिक्रमण हटाउने मेयर केशव कुमार श्रेष्ठले बताउनु भयो । सडक अतिक्रमणले समग्र सर्वसाधारणको आवमगनमा प्रभावित पारेको, सडक सौन्दर्यतामा कुरुप हुने एव्म दुर्घटनाको जोखिम बृद्धि तथा वातावरण दुषित हुने समेतको सम्भावित जोखिमको अवस्थालाई मध्यनजर गर्दै सडक दुर्घटना न्यूनिकरण गर्न तथा स्वच्छ, सफा र सुन्दर नगरपालिका बनाउनका लागि यस्तो कार्य गर्न थालेको नगरपालिकाले जनाएको छ ।
आगामी १५ दिन भित्र नगरबासीलाई तोकिएका मापदण्ड पालना गर्न आग्रह गर्दै अन्यथा अटेरी गरे कानुन अनुसार कारबाही थालिने नगरपालिकाले चेतावनी दिएको छ । नगरपालिकाले सार्वजनिक सडक ऐन, २०३१ को दफा १८ को उपदफा १ मा भएको कानुनी अधिकारको प्रयोग गरेको पनि बताएको छ ।साथै स्थानीय सरकार सन्चालन ऐन, २०७४ को दफा ४५ उपदफा १ मा दिइएको अधिकार पनि प्रयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमद्धारा जारी सूचनामा उल्लेख गरिएको छ ।
यता बाणगंगा नगरापलिकाले पनि सडक अतिक्रण गरी बनाइएका संरचना र सामाग्रीहरु हटाउने तयारी गरेको मेयर चक्रपाणी अर्यालले बताउनु भयो । अर्यालले सार्वजनिक सूचना जारी भई सकेको जानकारी दिदै अटेरी गरेमा स्वत वलप्रयोग गर्न नगर बाध्य हुने समेत स्पष्ट पार्नु भयो ।

प्रकाशित : २ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६