अर्थ-वाणिज्य

विद्यार्थीद्वारा अभिभावकलाई विज्ञान तथा प्रविधि सिकाउन प्रदर्शन




कपिलवस्तु २ पुस । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिंगेमा विद्यार्थीबाट निर्माण गरिएका विज्ञान तथा प्रविधिका सामाग्री प्रर्दशन गरिएको छ । प्याव्सन कपिलवस्तुको आयोजनामा भएको जिल्ला स्तरीय शैक्षिक सामाग्री प्रर्दशनी, स्पिच प्रतियोगिता, र ह्याण्डराईटिङ प्रतियोगितामा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।प्रदर्शनीको अवलोक गर्दै लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तुको विद्यार्थीहरु देशमा उत्कृष्ट रहेको प्रमाणित भएको बताउनु भयो ।

वृहत प्रर्दशनीको अवलोक गर्दै प्याव्सन कपिलवस्तुका अध्यक्ष सुन्दर पाण्डेले कपिलवस्तु जिल्लाका विद्यार्थीहरुको प्रतिभा देखाउनका लागि अवसर प्रदान गरेको स्पष्ट पार्नु भयो । जिल्ला भरीबाट छानिएका विद्यालयले उत्कृष्ट काम गरेको बताउँदै कपिलवस्तु शिक्षाको हवको रुपमा विकास हुँदै गएको उहाको भनाइ थियो ।जिल्लाभरिका प्याव्सनसँग जोडिएका विद्यालयबाट छनोट हुँदै अन्तिम प्रतिस्पर्धाका लागि छानिएका सामग्री प्रदर्शनमा राखेर तीमध्ये पनि उत्कृष्ट सामग्री र निर्माणर्तालाई पुरस्कृतसमेत गरिएको छ ।कार्यक्रममा विद्यार्थीहरुले महिला हिंसाको विरुद्ध भनाइहरु प्रस्तुत गरेका थिए ।

प्रकाशित : २ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६