खोज–अनुसन्धान

बुटवलमा एक ब्यापारीको धारीलो हतियार प्रहार गरी हत्या




बुटवल ३ पुस । बुटवलमा एक ब्यपारीको हत्या भएको छ । ब्यपारमा संलग्न भारतीय नागरीक अजय प्रताप सोनीको हत्या अभियोगमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा लु १ ख ६६५ नं को बसको सहचालक बिबेक परीयार, सोही बसका परिचालक २९ बर्षिय कृष्ण सिजाली मगर तथा सडकमा मागी खाने २४ बर्षिय सागर सिजाली मगर १८ बर्षिय रेखा राना २४ बर्षिय बिनोद लामा र बर्ष २४ का धन बहादुर बिक छन्।पक्राउ परेकाहरु मध्ये उक्त घटनामा घाईते भएका बसका चालक बिवेक परियार र परिचालक कृष्ण सिन्जाली घाईते भई लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भईरहेको छ।
पुष १ गते सुक्रबार सांझ करिव पौने ७ बजेको समयमा बुटवलको राजमार्ग चौराहको काठमाण्डौ बसस्टप नजिकै ।रहेको सार्वजनिक शौचालय नजिकै फुटपाथमा बदाम तथा चटपटेको ब्यापार गर्दै आएका भारतीय नागरीक अजय सोनी माथी धारीलो प्रहार गरी हत्या गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन्।पक्राउ परेकाहरुले सोनीको घुम्ती ठेलाबाट किनेर बदाम र चटपटे खाएको र सोको पैसा माग्दा धारिलो हतियार प्रहार गरी घाईते बनाएको प्रहरीले बताएको छ।छुरा प्रहारबाट गम्भिर घाईते सोनीलाई स्थानीयले उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाएकोमा सांझ करिव पौने ८ बजे मृत घोषणा गरेका थिए।सोनीमाथी आक्रमण भएपछि प्रतिवाद गर्ने क्रममा बिबेक परियारको छाती र कृष्ण सिजाली मगरको चिउडोमा चोट लागेको प्रहरीले बताएको छ।
पक्राउ परेकाहरुले मृतक अजय सोनीको ठेलामा राखेको बदाम,चकलेट चोरी गरी खाएको किन खाएको भनि सोनीले रोक्न जादा धारीलो हतियार चक्कु प्रहार गरी घाईते बनाएको प्रारम्भिक बयानमा खुलेको प्रहरीले जनाएको छ।यसैगरी उनीहरुले केही समय अघि लु १ ख ६६५ नं।बस सहचालक जिल्ला रुपन्देही बुटवल उमनपा ११ बस्ने बर्ष १७ को बिबेक परीयार र बिबेक लामा लाई धारीलो हतियार प्रयोग गरी घाईते बनाएकोले उनीहरुको लुम्विनी प्रादेशिक अस्पतालमा उपचार उपचार भई रहेका प्रहरीले जनाएको छ।

प्रकाशित : ३ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६