अर्थ-वाणिज्य

अरु कसैले नगरेको काम गर्ने ५ नम्वरको अर्काे नयाँ काम




पार्वती पाण्डे

कपिलवस्तु, ३ पुस ।कपिलवस्तुको बाणगंगा ५ ले अहिले सम्म अरु कुनैपनि वडाले गर्न नसकेको वा नखोजेको नयाँ काम गरेको छ । यसले कपिलवस्तु जिल्लामै पहिलो पटक आफ्नै अफिसियल साइट तयार गरेको हो । वडाले सेवा प्रवाहलाई छिटो छरीतो र वडा बासिलाई सुचना प्रदान गर्ने उदेश्यले आफ्नै अफिसियल साइट तयार गरेको हो ।उक्त साईटमा नियमित प्रकाशन गरिने सुचना तथा जानकारी, वडाको बारेमा संक्षीप्त बृत चित्र, प्रशासनिक काम गर्दा लाग्ने प्रक्रिया, सेवा सुल्क लगाएतको जानकारी गराई प्रस्तुत गरिएको छ । त्यस्तै वडाका जनप्रतिनिधिको बारेमा जानकारी र सम्पर्क, वडाका काम कार्यको जानकारी गर्ने र गरीएका तथा भएका कामको जानकारी सजिलै संग थाहा पाउन सकिने वडा सचिव दिपक पाण्डेले जानकारी दिनु भयो ।

त्यस्तै ८ वटा टोल विकास संस्थाको जानकारी पुर्व जनप्रतिनिधि हरुको जानकारी र सिफारीसको लागि अनलाई निवेदन समेत उक्त साईटवाट गर्न सकिने उहाँले बताउनु भयो ।त्यसोत विगत ३ वर्ष पहिलेवाट वडाले दिने सबै सेवाहरुको अनलाइन भर्सन शुभारम्भ गरेको वडाले फेरी यसपाली नयाँ काम गरेको हो । सो वडामा दर्ता चलानी देखि लिएर सबै प्रकारका सिफारिस तथा पत्राचारको अनलाइन अपडेट हुदै आएको छ। यति सम्मकी वडा अध्यक्ष र वडा सचिव अफिसमा उपस्थित छन् छैनन भन्ने देखि लिएर वाहिर गएको भए कहा के काममा गएको हो ? सबै कुरा अनलाइवाटै जानकाी लिने दिने ब्यवस्था सो वडाले मिलाउदै आएको छ । यस्तो नयाँ प्रकारको काम गरेवापत गत नगर सभामा सो वडाका सचिव दिपक पाण्डे नगरवाट पुरस्कृत हुनु भएको थियो । वडा सचिव पाण्डेले अनलाइन अपडेटवा शुरुमा कागजात अपडेट गरेपछि फेरी उस्तै प्रकृतिको सेवा लिन नागरिकलाई निकै सहजता भएको वताउनु भयो ।
फेरी सोही वडाले सुशासनको प्रत्याभुतिका लागि पारदर्शी सेवा प्रवाहको मान्यतालाई अंगिकार गर्दै आफ्नै अफिसियल साईट सार्वजनिक गरेको हो । वडा अध्यक्ष दुनिका प्रसाद भुसालले यो नयाँ काम आफ्नो वडावाट शुभारम्भ भएकोमा गर्व महशुस भएको बताउनु भयो । जिल्लामै पहिलो वडाको रुपमा वडा न ५ ले आफ्नै वेव साईट निमार्ण गर्न खट्नुहुने सम्पुर्णलाई आभार व्यक्त गर्नु भयो । वडा कार्यलयले एक कार्यक्रमको आयोजना गरेर उक्त साईटको सार्वजनिक गरेको थियो । कार्यक्रममा बाणगंगा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खिमानन्द भुसाल, वडा अध्यक्ष दुनिका प्रसाद भुसाल लगाएतले संयुक्त रुपमा उद्घाटन गर्नु भएको थियो । वाणगंगा नगरपालिका र मालिका इन्कर्पोरेट प्रालिको समन्वयमा उक्त साईट निमार्ण गरिएको हो ।

प्रकाशित : ३ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६