खोज–अनुसन्धान

ठुला ३दलको चेतावनीपछि मेयर हर्क साम्पाङले मागे माफी




धरान ४पुस । दलित समुदायलाई होच्याउने गरी ‘चमारे’ शब्द प्रयोग गरेपछि विवादमा तानिएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई ‘साम्पाङ’ ले माफी माग्नुभएको छ ।ठुला ३ दलले आन्दोलन र परिवर्तनको कुनै योगदान नभएको अल्लारे भन्दै चेतावनी दियेपछि माफि मगेका हुन।
गत मंसिर २८ गते फेसबुक पेजमा पोस्ट गरेको स्टाटसमा दलित समुदायलाई होच्याउने गरी ‘चमारे’शब्द प्रयोग गरेपछि मेयर साम्पाङको चौतर्फी आलोचना भएको थियो ।
दलित र गैरदलित समुदायले पनि कसैलाई अपमान गर्ने गरी त्यस्तो शब्द प्रयोग नगर्न भने पनि उहाँले अटेर गर्दै आउनु भएको थियो । मेयर साम्पाङले आफूलाई जनताले निर्वाचित गरेको भन्दै कसैको घेराबन्दीले केही फरक नपार्ने बताउनु भएको थियो ।
तर राष्ट्रिय दलित आयोगले पनि कारबाही सिफारिस गरेपछि उउहाँले उक्त शब्दलाई लिएर आइतवार वक्तव्य नै निकालेर माफी माग्नुभएको हो ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६