जीवनशैली

पाल्पाको पिपलडाँडा र हुँगीका स्थानीयलाई एकीकृत सेवा, स्वास्थ्य जाँच र आँखासम्बन्धी सेवा लिने अधिक



पाल्पा ४ पुस — रम्भा गाउँपालिकाले आयोजना गरेको एक दिने घुम्ती एकीकृत सेवाबाट दुई दिनमा ३ हजारभन्दा बढीले एकीकृत सेवा पाएका छन् । गाउँपालिकाले पिपलडाँडाको खोकखोलामा राखेको एकीकृत घुम्ती शिविरबाट एकै दिन १ हजार ४ सय २३ नागरिकले सेवा लिएका छन् । हुँगीमा राखेको शिविरबाट १ हजार ६ सय ४९ जनाले एकै दिनमा सेवा लिएका छन् ।
गाउँपालिकाको वार्षिक नीति तथा कार्यक्रम राखेको घुम्ती शिविरमा सबैभन्दा धेरै स्वास्थ्यतर्फ ४ सय ८१ जनाले सेवा लिएका छन् । शिविरमा चिकित्सकसहितको सेवा भएकाले सबै रोगहरुको जाँच, उपचार, परामर्श र विभिन्न स्वास्थ्य सेवा दिइएको रम्भा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शिवप्रसाद अर्यालले जानकारी दिए ।
आँखा जाँच गर्ने १ सय ५८ जनामध्य सात जना विद्यार्थीलाई चश्मा निःशुल्क उपलब्ध गराइएको लायन्स लाकौल आँखा अस्पताल तानसेनका मिनु कार्कीले जानकारी दिए । मोतीविन्दु निदान भएकाहरूका लागि निःशुल्क अप्रेसनका लागि १६ जनालाई प्रेषण गरिएको छ । कृषि प्रविधिसम्बन्धी सल्लाह तथा परामर्श र बीउबिजन वितरणतर्फ २ सय ३१ जनाले सेवा लिएका छन् । पशुपन्छीसम्बन्धी सल्लाह तथा परामर्श र औषधि वितरण १ सय ३८ जनालाई गरिएको छ ।
सबै रोगहरूको जाँच, उपचार, परामर्श र प्रेषण आयुर्वेदतर्फ १ सय २ जनालाई सेवा दिइएको छ । एकीकृत सेवाअन्तर्गत योजना सम्झौता तथा योजनासम्बन्धी काम १७ जनालाई प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तुजंग रानाले बताए । अपांगता परिचयपत्र वितरण २२ जनालााई, गरिबी परिचयपत्र १० जनालाई, गरीब, विपन्न, असहाय विद्यार्थीका लागि छात्रवृत्ति वितरण १८ जनालाई प्रदान गरेको गाउँपालिका शिक्षा शाखा प्रमुख मीना आचार्यले बताइन् ।
रम्भा गाउँपालिका(१, हुँगीमा राखेको एकीकृत स्वास्थ्य शिविरमा १ हजार ६ सय ४९ जनाले सेवा लिएका छन् । हुँगी स्वास्थ्य चौकीमा आयोजित एकीकृत स्वास्थ्य शिविरमा सबै रोगहरुको जाँच गर्नेहरू ५ सय २१ जना आएका थिए । भिडियो एक्सरे सेवा लिने ३५ जना, ल्याब सेवा लिने ५३, पाठेघरको मुखको क्यान्सर जाँच गर्नेहरू ९५ जना, पाठेघर खसेकोमा रिङ प्रेसरी राख्ने दुई, सेतो पानी बग्ने तथा यौन रोग समस्याको उपचार २६ जनाले लिएको नेपाल परिवार नियोजन संघ पाल्पा शाखाका प्रबन्धक शोभाकान्त न्यौपानेले बताए । लामो अवधिको परिवार नियोजनका साधन राख्ने झिक्ने तीन जनाले सेवा लिएको उनले बताए ।

प्रकाशित : ४ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६