अर्थ-वाणिज्य

सातौँ चन्द्रौटा महोत्सव शुभारम्भ : सिथिल अर्थतन्त्र चलायमान हुने सांसद घिमिरेको तर्क




माधव बेल्वासे
कपिलवस्तु ७ पुस । कपिलवस्तुको चन्द्रौटामा सातौँ चन्द्रौटा महोत्सव सुरु भएको छ । व्यापार सङ्घ कपिलवस्तुको आयोजनामा “कृषि पर्यटन, उद्योग र व्यापार व्यवसायी दिगोपना हाम्रो मुख्य आधार” भन्ने मूल नाराका साथ मेला आयोजना गरिएको हो ।विहिवार साताँै चन्द्रौटा महोत्सवको उद्घाटन गर्दै राष्ट्रिय सभा सदस्य विमला घिमिरेले घिमिरेले महोत्सवले आर्थिक गतिविधि चलायमान बनाउनुको साथै कृषि र पर्यटन प्रवद्र्धन गर्ने बताउनुभएको हो । पछिल्लो समय देशमा मेला महोत्सवहरू आयोजना भइरहेकोले यसवाट स्थानीयहरूले फाइदा पाउनुपर्ने बताउनुभयो ।
कपिलवस्तुका धेरै ठाउँहरूमा मेला महोत्सव आयोजना भइरहेको बताउँदै आर्थिक विकास सँगै समृद्धिको दिशामा अघि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले अहिले मुलुकमा आर्थिक सङ्कटको अवस्था सिर्जना भएको बताउनुभयो । मेला महोत्सवले स्थानीहरूलाई समेट्न नसकेको गुनासो विभिन्न समयमा आउने गरे पनि आयोजकहरूले स्थानीयहरूलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । कोरोनाका कारणले केही वर्ष रोकिएका मेला महोत्सवहरू अहिले सञ्चालनमा आएको बताउनुभयो । जिल्लाका पर्यटक स्थलहरूको प्रचार प्रसारमा महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले कसरी हुन्छ नागरिकहरूलाई धार्मिक तथा पर्यटक स्थलको बारेमा जानकारी दिनुपर्ने केसीले बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादनले स्थान पाउने, अटो व्यवसायी, होटेल व्यवसायी तथा स्थानीय व्यवयायिहरुलाइ स्टलमा प्राथमिकता दिइएको मेला संयोजक महादेव पोख्रेलले बताउनुभयो । महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषि जन्य बस्तु, तथा जातजातिको संरक्षण र पहिचान झल्काउने बस्तुहरूका लागि निःशुल्क रूपमा स्टल उपलब्ध गराइने आयोजकले जनाएको हो । १ सय ५० बढि स्टल रहने महोत्सवमा कृषि, पर्यटन, व्यापार, उद्योग, कला–संस्कृति, शैक्षिक प्रदर्शनी लगायतका स्टलहरू रहने बताइएको छ । महोत्सव पुस २१ गते समापन हुने छ ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६