खोज–अनुसन्धान

एमालेले ३ कारणले सत्ता गठबन्धनलाई कपिलवस्तुमा पराजित गर्यो :नेता पौडेल




कपिलवस्तु ७ पुस । एमालेले गठबन्धनलाई पराजित गर्नुमा बलियो संगठन ,निष्ठावान कार्यकर्ता र जनताको एमाले प्रतिको भरोसा नै मुख्य कारण रहेको एमालेका प्रदेश नेता कृष्ण पौडेलले वताउनु भएको छ । नेकपा एमाले प्रदेश क्षेत्रं १.१को विहिवार सिद्धार्थ क्याम्पस वुङचीमा भएको निर्वाचनको समिक्षा कार्यक्रममा नेता पौडेलले यस्तो वताउनु भएको हो ।सोही क्रममा नेता क्षेत्र नं १ मा गठबन्धनलाई क्लिन स्वीप पारेर एमालेले आफ्नो तागत देखाएको उहाले प्रष्टाउनु भयो । पाटीले आगामी दिनमा अझै पाटी संगठन मजवुद पार्दै कमिकमजोरीलाई आत्मसाथ गर्दै अगाडि बढ्नु पर्ने नेता पौडेलले बताउनु भयो ।

कार्यक्रममा एमालेका जिल्ला उपाध्यक्ष एवं क्षेत्र नं १ का निर्वाचन परिचालन कमिटि संयोजक विश्राम प्रसाद थारुले निर्वाचन पछिको गहन समिक्षाले पाटी थप परिस्कृत र उत्कृष्ट बन्ने तर्क गर्नु भयो । कार्यक्रममा बोल्दै पाटी सचिवालय सदस्य एव क्षेत्र नं १ को १ निर्वाचन कमिटिका संयोजक भेषराज पाण्डेले नेता , कार्यकर्ता सबैको अथक मेहनत र प्रयासले १ मा सबै क्षेत्र जित्न सफल भएको बताउनु भयो ।संयोजक पाण्डेले पेश गरेको समिक्षा प्रतिबेदनको मस्यौदामा गठबन्धनका विरुद्ध लडेर प्रदेश क्षेत्र १.१मा संघमा ७ हजार ८६० र प्रदेश सभामा ४ हजार ४५० मतान्तर सहित जित निकाल्नु ठूलो सफलता भएको उल्लेख छ ।

त्यसैगरी २१ वटा विषयगत समिती वनाएर निर्वाचन परिचालन गरिनु , परिचालन कमिटीका सबै निर्देशन मातहत कमिटीले हुवहु लागु गर्नु , वडातह हुदै टोल वस्तीसम्म सघन घरदैलो संचालन हुनु ,मतदाता शिक्षा संचालनमा हरेक टोलमा कार्यकर्ता खटाउनु , मतदाता सुरक्षा र मतदान स्थल सुरक्षामा यूवा पंक्तिको सकृय परिचालन हुनु , विगतका तुलनामा निर्वाचन खर्च निकै मितब्ययी बन्नु जस्ता कारणलाई निर्वाचनका सकारात्मक पाटोको रुपमा चर्चा गरिएको छ ।
कार्यक्रममा जिल्ला कमिटि सदस्य एवं नगरकमिटि अध्यक्ष युवराज पोख्रेलले पाटीले जित हासिल गर्न सफल भएको भन्दै आगामी दिनमा पाटीले गरेका प्रतिवद्धता पुरा गर्नु पर्ने बताउनु भयो । नगर सचिव विष्णु गिरीको सञ्चालनमा भएको कार्यक्रममा क्षेत्र भित्र पर्ने सवै वडाबाट प्रतिनिधित्व हुने गरि समिक्षा प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

प्रकाशित : ७ पुस २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६