खोज–अनुसन्धान

देउवाले प्रचण्डलाई पहिलो २ बर्ष छाड्न मानेनन : प्रचण्डले दिए शुक्रवार सम्मको म्याद




काठमाडौ ८ पुस । सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बिहीबार साँझ भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको छ ।कुरा नमिलेपछि उनीहरू शुक्रबार अपरान्ह फेरि बस्ने गरी उठेको बालुवाटार स्रोतले जनाएको छ। बिहीबार साँझ प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल भएको हो।स्रोतका अनुसार माओवादी अध्यक्ष प्रचण्डले सत्ताको पहिलो नेतृत्व गर्ने पुरानो समझदारी कार्यान्वयन गराउनुपर्ने अडान लिएका थिए।तर काङ्ग्रेसले अहिले प्रचण्डलाई प्रधानमन्त्री दिन नसक्ने बताएपछि कुरा नमिलेको स्रोतले जनायो ।
ुकुरा निष्कर्षमा नपुगेपछि फेरि छलफल गर्ने भएर उठेका छन्, सबै कुरा सहमतिमा हुने समझदारी भएको छ, काङ्ग्रेसले पनि आफ्नो अडान राख्यो, जसले गर्दा समस्या भयो,ु एक नेताले भने। पछिल्लो समय नयाँ सरकार निर्माणलाई लिएर प्रचण्ड र नेपाल एकै ठाउमा उभिएका छन् ।ुकाङ्ग्रेसका सभापति शेरबहादुरजी गठबन्धन जोगाउन तयार हुनुहुन्छ, तर काङ्ग्रेसकै केही नेताहरू माओवादीलाई पहिलो सरकारको नेतृत्व दिन तयार छैनन्, उनीहरुले गर्दा सहमति भएन,ु ती नेताले भने, अलि विस्तृत फेरी छलफल गरेर निष्कर्षमा पुग्ने भनिएको छ ।
मंगलबारदेखि बिरामी परेर त्रिवि शिक्षण अस्पतालमा रहेकाअध्यक्ष नेपाल बिहीबार सांसदको शपथ खाएर बालुवाटार गएका थिए।उता एमालेले पनि माओवादीलाइ साथ लिएर सरकार निर्माण प्रयास गरिरहेको बेला गठबन्धनका तीन शीर्ष नेताबीचको छलफल निष्कर्षमा नपुगेको हो।एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्रीका लागि तयार रहन भनिसकेका छन्। बुधबार शीतल निवास र बिहीबार संसद सचिवालयमा भएको भेटका आफूलाई उक्त प्रस्ताव आएको जानकारी प्रचण्डले पार्टीमा गराएका छन्।प्रचण्ड र ओलीबीच संसद भवनमा पनि सम्भावित सत्ता समीकरणलाई लिएर छलफल भएको छ। तर बिहीबार दलको नेतामा चयन भएका प्रचण्ड सकेसम्म अहिलेकै गठबन्धनबाट पहिलो प्रधानमन्त्री हुन चाहन्छन्।उता बुधबार दलको नेता बनेका देउवा आफैँ प्रधानमन्त्रीमा निरन्तरता चाहन्छन्। उनले कांग्रेस कार्यसम्पादन समितिमार्फत संघदेखि प्रदेशसम्म कांग्रेसको सरकार बनाउने निर्णय गराइसकेका छन्।

प्रकाशित : ८ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६