कृषि

प्रदेश सांसदको सपथ देउखुरीमा : प्रदेश सभा सचिवालयको काम शुरु हुदै




भालुवाङ ८ पुस । लुम्बिनी प्रदेश सभा भवन सदन सञ्चालनको पर्खाइमा छ। प्रदेश सरकारले स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा ५ करोड २० लाख खर्चेर प्रदेश सभा भवन तयार पारेको हो । दोस्रो कार्यकालको पहिलो अधिवेशन र सपथ यहीँ खुवाउने तयारी छ ।यता प्रदेशसभा सचिवालयको सबै कामकाज राप्ती उपत्यका देउखुरीबाट हुने भएको छ । मुकाम बुटवलबाट कार्यसम्पादन हुँदै आएको प्रदेश सभा सचिवालयको सबै कामकाज पुस ११ गतेबाट हुने प्रदेश सचिव दुर्भकुमार पुनले जानकारी दिए ।
अबको प्रदेश सभा बैठक र नव निर्वाचित प्रदेश सभा सदस्यको सपथ यहीँ राख्ने योजना छ। प्रदेश सभा सचिवालयबाट सूचना जारी गर्दै कामकाज स्थायी राजधानीबाट गर्न थालिएको छ ।प्रदेश सचिव लगायत सचिवालयमा कार्यरत सबै कर्मचारी राजधानी क्षेत्रमा आइसकेका छन् । ५ करोड २० लाखमा प्रदेश सभा भवन तयार भएको हो ।

प्रकाशित : ८ पुस २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६