खोज–अनुसन्धान

बर्षमानले देउवालाई भने गठबन्धनको यात्रा टुंगियो अव नयाँ कोर्षशुरु




ाठमाडौ ९ पुस । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धनको सहयात्रा त्यही बिन्दुबाट टुंगिने प्रष्ट जानकारी गराएका छन् ।अध्यक्ष प्रचण्ड र कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको भेटपछि देउवालाई भेटेका उपमहासचिव पुनले देउवा डेढ वर्ष प्रधानमन्त्री भइसकेकाले अब प्रचण्डलाई सहयोग गर्न भनेका छन् ।पुनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो- हिजो एउटा परिस्थितिमा २३ सीटको कांग्रेसलाई हामीले सरकारको नेतृत्व दियौँ । अब त्यही बाध्यता छैन । प्रचण्डलाई प्रधानमन्त्री नमान्ने हो भने हाम्रो सहयात्रा यहीँ टुंगियो ।

फेरि कांग्रेसलाई नेता मानेर हिँड्नुपर्ने बाध्यता हाम्रो छैन ।पुनले प्रष्ट धारणा बताइसकेपछि देउवाले अझै केही नबिग्रिएको भन्दै गठबन्धन र दलमा आफूले कुरा मिलाउने जवाफ दिएका छन् ।देउवाको भनाइ थियो होइन म मिलाउँछु यार । दलमा पनि सल्लाह गर्नुपर्छ । गठबन्धनमा पनि सल्लाह गर्छु । राष्ट्रपतिले यो टाइम दिने कुरा नै मिलेन क्या । म समय थप्न लाउँछु,कुरा मिल्छ ।पुन लगायतका नेता प्रचण्डलाई गठबन्धनबाट बाहिर निकाल्न चाहन्छन् । उनीहरू प्रचण्ड इण्डो अमेरिकन एम्बुसमा परेको निष्कर्षमा छन् ।

प्रकाशित : ९ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६