खोज–अनुसन्धान

शिक्षकलाइ कालोमोसो :आर्थिक हिनामिना गरेको आरोप



जाजरकोट ९पुस । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट युवा संगठनका कार्यकर्ताले जाजरकोट कुशेका एक शिक्षकलाई मोसो दलेका छन् । कुशे गाउँपालिका–४ को हिमालय आधारभुत विद्यालयका प्रधानाध्यापक रणबहादुर शाहीलाई उनीहरूले मोसो दलेका हुन् ।
राजनीतिककर्मी, शिक्षक, ठेकेदार आफै भई करोडौंको आर्थिक हिनामिना गरेको भन्दै भेरी कर्णाली युवा संगठनका कार्यकर्ताले मोसो दलेको जनाएका छन् । शाही शिक्षण पेसामा आवद्ध हुँदा पनि सोही पालिकामा निर्माण हुँदै गरेको बैकल्पिक उर्जाको उपभोक्ता समितिको अध्यक्ष बनेर २०६४ सालदेखि २०७९ सालसम्म करिब २ करोड २१ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएको छ ।साथै शिक्षक शाहीले बैकल्पिक उर्जाको कामलाई समेत अलपत्र पारेको जनाएको छ । यस्तै, समग्र विद्यार्थी र जनताको भविश्यसँग जोडिएको शैक्षिक सस्थालाई बेवास्ता गर्दै विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको युवा संगठनले आरोप लगाएको छ । शिक्षक शाहीले आफ्नो शिक्षण पेशालाई राजीनामा नदिइ नेपाली कांग्रेस कुशे गाउँपालिकाको सचिव बनेर सिङ्गो शैक्षिक संस्थालाई अस्तब्यस्त बनाएको आरोप लगाइएको छ ।

प्रकाशित : ९ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६