खोज–अनुसन्धान

पहिलो पटकमा १७ लाख बजेट :सुत्केरीका लागि ‘कोसेली भेट’




भैरहवा ९पुस । सुत्केरीको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ‘कोसेली भेट’ कार्यक्रम सुरु गरेको छ । नगरपालिकाले भैरहवामा पत्रकार सम्मेलन गरी उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रमअन्तर्गत ‘कोसेली भेट’ सुरु गरिएको जानकारी दिएको हो ।नगरपालिकाले तीन वर्षअघि सुरु गरेको कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको उपप्रमुख उमा अधिकारीले जानकारी दिइन् । नगरपालिकाले १७ लाख रुपैयाँ बजेट छुट्याएर उपप्रमुख कोसेली भेट कार्यक्रम सुरु गरेको उनले प्रस्ट्याइन् । उनले स्वास्थ्य संस्थामै सुत्केरी हुनुपर्छ र आमा तथा बच्चाको स्वास्थ्यलाई सुत्केरी अवस्थामा विशेष ख्याल गरी पोसिलो खानेकुरा दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न कार्यक्रम सुरु गरिएको बताइन् ।

प्रकाशित : ९ पुस २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६