अर्थ-वाणिज्य

पूर्व सफल अर्थमन्त्री पौडेलले संकटग्रस्त अर्थतन्त्र सम्हाल्नेछन्




रुपन्देही १० पुस ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भएपछि अब सरकार गठनको प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्रीसँगै केही मन्त्रीले सोमबार नै सपथग्रहण गर्ने सम्भावना रहेको छ ।पहिलो चरणमा एमाले र माओवादीका मात्र मन्त्री नियुक्त हुने र बाँकी साना दलले निर्णय गरेपछि मन्त्रिपरिषदलाई पूर्णता दिइने बताइएको छ । एमालेबाट उपप्रधानमन्त्रीसहित सिनियर पदाधिकारीको नेतृत्वमा सरकारमा जाने तयारी छ ।उपाध्यक्ष सुवास नेम्वाङ राष्ट्रपति वा सभामुखबाहेक मन्त्री बन्ने छैनन् । त्यसपछि सरकारको नेतृत्वको स्वभाविक जिम्मेवारी विष्णु पौडेलले पाउने देखिन्छ । पौडेल केपी ओलीको पछिल्लो सरकारमा छोटो समय उपप्रधानमन्त्री बनेका थिए भने सोही कार्यकालमा करिब ९ महिना अर्थमन्त्री बनेर सफल अर्थमन्त्रीको रुपमा बाहिरिएका थिए ।
यसपटक संकटग्रस्त अर्थतन्त्र उकास्ने जिम्मेवारी अर्थमन्त्रीलाई हुनेछ । दाता र बजारले माओवादीका अर्थमन्त्री जनार्दन शर्मालाई स्वीकार नगरेका कारण अर्थमन्त्रालय एमालेले नै सम्हाल्नुपर्दा पौडेल कै काँधमा सो जिम्मेवारी आउन सक्ने देखिन्छ ।निजी क्षेत्र तथा अन्तर्राष्ट्रिय समुदायले पत्याएको परिपक्व अर्थमन्त्री नभए मुलुकले धान्ने अवस्था अब नरहेको विज्ञहरु बताउछन् । एमालेबाट चुनाव जितेका पदाधिकारीमध्ये बिष्णु पौडेलपछि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिवहरु छबिलाल विश्वकर्मा, योगेश भट्टराई, गोकर्ण विष्ट, टोपवहादुर रायमाझी र रघुबीर महासेठ छन् ।एमालेबाट अर्थमन्त्रीका सम्भावित उम्मेदवार सुरेन्द्र पाण्डे चुनावमा पराजित भएका कारण अहिलेको अवस्थामा अर्थमन्त्रालय सम्हाल्ने व्यक्ति एमालेमा अरु देखिएका छैनन् । यद्यपी एमालेमा सरकारको नेतृत्व कसले गर्ने र मन्त्री कसरी बनाउने भन्नेबारे छलफल नै नभएको उपाध्यक्ष नेम्वाङले बताए ।

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६