खोज–अनुसन्धान

लुम्विनीको मुख्यमन्त्री एमालेलाई की माओवादीलाई ?




कपिलवस्तु १० पुस । एमाले माओावदी सहित ७ दलको समीकरणमा वन्ने लुम्विनी प्रदेश सरकार एमालेको हुने की माओवादीको भन्ने एकिन छैन । तर यो प्रदेश माओवादीले किनपनि दावि गर्ने छ भने प्रचण्डका स्वकीय सचिव भई सकेको जोख वहादुर महरा मुख्यमन्त्री बन्ने लाइनमा छन् । जे होस जो सुकै वनोस संघीय सरकार निर्माणमा भएको पछिल्लो सहमति अनुसार एमाले–माओवादी समीकरणको सरकार बनाउन लुम्बिनी प्रदेशमा पनि सहज हुने भएको छ । कुल ८७ जना प्रदेश सभा सदस्य रहेको लुम्बिनी प्रदेशमा बहुमत पुर्याउन कम्तीमा ४४ सांसद आवश्यक पर्छन् ।

लुम्बिनी प्रदेशमा नेकपा एमाले सबैभन्दा ठुलो दल बनेको छ । उसका २९ सांसद छन् भने दोस्रो ठुलो दल नेपाली कांग्रेसका २७ सांसद छन् । माओवादी केन्द्रका ९, जनता समाजवादी पार्टीका ३ राप्रपा ४ नागरिक उन्मुक्ति ४ र जनमत पार्टीका ३ तथा स्वतन्त्र ३ जना छन् ।यसरी साना दलले पनि समर्थन गर्ने भएपछि एमाले–माओवादी समीकरणको सरकार बन्दा कम्तीमा ५२ सांसद पुग्नेछन् । यसरी एमाले माओवादी समीकरण बन्दा सहजै नयाँ सरकार बन्ने भएको छ । स्वतन्त्र पार्टीबाट विजयी भएका ३ जना पनि माओवादी केन्द्रबाट विद्रोह गरेर जितेका सांसद हुन् ।

यी ३ जनाले पनि सरकारलाई समर्थन गरेमा एमाले माओवादी समीकरणको नयाँ सरकारमा ५५ जना सांसद पुग्नेछन् । लुम्बिनी प्रदेशमा कांग्रसले भने सरकार बनाउन कठिन छ । उसले एमाले र माओवादीबाहेकका सबै साना दलको साथ लिनुपर्नेछ । तर साना दलले पनि एमाले माओवादी समीकरणलाई नै साथ दिनेभएपछि कांग्रेस संकटमा पर्ने भएको छ ।

प्रकाशित : १० पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६