प्रदेश

७ जिल्लामा तीन महिने सायना प्रेस ‘डिएमपिए(एससि’ प्रयोग हुने



बुटवल ११ पुष । परिवार नियोजनका लागि नयाँ विकल्पको रुपमा आएको सायना प्रेसको सफल परीक्षणपछि नेपालमा आधिकारिक रुपमा प्रयोगमा आउने भएको छ । महिलाहरुले प्रयोग गर्ने परिवार नियोजनको ३ महिने अस्थाई साधनका रुपमा छैटौ डिभाईस सायना प्रेस ९डिएमपिए–एससि० ईन्जेक्सन सेवा रुपन्देहीसहित ७ जिल्लामा प्रयोगमा ल्याउन लागिएको हो ।
नेपाल परिवार नियोजन संघ, रुपन्देही शाखाका निमित्त प्रबन्धक तथा सिनीयर नर्स विष्णु गुरुङले नेपालमा नयाँ ईन्जेक्सन लन्च भएको बताइन । यसअघि संघबाट परिवार नियोजनको ५ वटा डिभाईसहरुका सेवा उपलब्ध भएकोमा नयाँ डिजाईस शुरु भएको उनले बताईन । तीन महिने डिएमपिए चलनचल्तीमा रहेकोमा त्योभन्दा प्रभावकारी नयाँ डिभाईस शुरु गर्न लागेको उनले बताईन। सन २०१९ देखि २०२० सम्म २८ संस्थाको समन्वयमा ७ सय ९४ महिलाहरुमा परीक्षण गरिएको थियो । सिन्धुली र नवलपरासीमा गरिएको पाईलटिङको क्रममा धेरै प्रभावकारी अथार्त असफल दर १ प्रतिशतमात्र रहेको बताईन । एफडब्लुडीले प्रमाणित गरेपछि सेवा शुरु गर्न लागेको उनले जानकारी दिइन ।
नेपाल सरकारले ७ जिल्लामा शुरुवात गर्ने तयारी गरेको उनले बताइन । यसैगरी नवलपरासी, ललितपुर, रुकुम पुर्व, सिन्धुली, पर्सा र कैलालीमा शुरु हुने छ । परिवार नियोजनका देशभरका साखाहरुमा यो सेवा संचालन हुने उनले बताइन । रुकुम, नवलपरासीसहित संघका शाखाहरुबाट सेवा सुरु हुने भएको हो ।
अस्थाई परिवार नियोजनको साधनको रुपमा डिएमपिए ९तीन महिने सुई० १५० एमजी हर्मोन प्रयोग हुन्छ भने सायना प्रेसमा १०४ एमजी प्रोजेक्टिक्स हर्मोन हुनु यसको सकारात्मक पक्ष हो । मात्राका हिसाबले यो कम प्रयोग हुन्छ । यो अटोमेटिक भायल भएर आउछ । आफै सेल्फ ईन्जेक्ट गर्न मिल्ने किसिमको छ तर नेपालमा भने सेवा लिने रुपमा छ । डिएमपिए मासुका लगाइन्थ्यो भने सायना प्रेस बोसोमा लगाईन्छ ।
यसलाई गर्भवति नभएकी महिलाले लगाउन मिल्छ । महिनावारी भएको सात दिन, बच्चा भएको ४२ दिनपछि लगाउन मिल्छ । यो ईन्जेक्सन हातको पाखुरा, नाईटोको बाहिरी भाग र खुट्टाको तिघ्रामा लगाउन मिल्छ । एक पटक लगाएपछि ३ महिनासम्म गर्भ रोकिने उन्छ । महिनावरी नियमित नहुने, तौल घट्नेबढ्ने, यौनचाहना घटबढ गराउने जस्ता साईड ईफेक्ट देखिन सक्ने समभावना भने रहने उनले बताईन । यसको प्रयोगका लागि अहिलेसम्म ४० भन्दा बढि देशमा रजिस्टार भएको उनले बताईन ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६