खोज–अनुसन्धान

खाँणको शक्तिका आडमा गलत धन्दा गर्थे ठगवहादुर : वडाध्यक्षलाई पाखेरीमा खसाले, आफै दलदलमा फसे




रूपन्देही, पुस ११ । शक्तिको आडमा गलत धन्दामा सक्रिय हुँदै आएका इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर केसी पक्राउ परेका छन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार राति निवासबाटै डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो । ब्यूरोका अनुसार केसीको निवासबाट ३५ तोला सुन र १८ लाख रुपैयाँ नगद बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार बुटवलबाट रमाना लिएर कास्की जाने तयारीमा थिए ।बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैंले राखेको र सुन फिर्ता गर्न व्यापारीसँग नगद रकम लिएको भन्ने बिशेष सूचनाका आधारमा सीआईबीले छानबिन गरेको थियो । सो क्रममा उनको साथबाट १८ लाख नगद र ३५ तोला सुन फेला परेको हो ।
सिआइवीका अनुसार स्थानीय व्यवसायी खिलेन्द्र जिसीले बोकेको झोलामा सुन फेला परेको थियो । जिसीसँग डीएसपी केसीको संलग्नता रहेको जानकारी आएपछि सीआईबीको टोलीले अनुसन्धान गर्दा ९ लाख ५० हजार रुपैयाँको चेक र ८ लाख ५० हजार नगदै फेला परेको हो । नगद र सुन फेला परेपछि सिआइवीको टोलीले डीएसपी केसीलाई नियन्त्रणमा लिएको हो । डिएसपी केसी निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणका प्रिय पात्र हुन । उनले आफूलाई गृहमन्त्री खाँणको नजिकको भन्दै बुटवलका व्यवसायीसँग रकम असुली गर्दै आएका थिए ।
एक वर्ष अघि तिलोत्तमा नगरपालिका–२ जानकरी नगरमा रहेको अवैध कल सेन्टरसँग पनि १५ लाख रुपैयाँ माग गरेका थिए । त्यसको लेनदेनका कुरा नमिलेपछि छापा मारेर झण्डै १ सय ५० कर्मचारी पक्राउ गरेका थिए । त्यस्तै, बुटवलका अन्य केही व्यवसायी पनि केसीबाट पीडित भएका छन । उनी खाँणकै आडमा असुली धन्दा चलाइरहेका थिए ।तीनै ठगवहादुले तिलोत्तमा नगर परिषदको विषयम भएको विवादमा एक वडाध्यक्षलाई पोखरीमा धकेलेका थिए ।

प्रकाशित : ११ पुस २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६