अर्थ-वाणिज्य

देउखुरीमा बिकासले एकाएक फड्को मार्यो कसरी ?




दाङ १२ पुस । लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरीलाई कल्पना नै गर्न नसकेको विकास गरेर ठूलो गुन लगाएको सोमबार दाङमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छ्न । दाङको भालुबाङ्गमा आयोजित लुम्बिनी प्रदेश सरकारका मुख्य गौरवका आयोजनाहरुको जानकारी एवम् धन्यवाद कार्यक्रम २०७९ विषयक कार्यक्रमका वक्ताहरुले त्यस्तो बताएका हुन ।मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले आयोजना गरेको कार्यक्रममा दाङका वरिष्ठ पत्रकार तथा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष अजयदिप शर्माले भने मुख्यमन्त्री कुल प्रसाद केसिले रातौरात लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी सार्दै निर्माण कार्यमा आफू समेत खटेको प्रति आभार प्रकट गरे । त्यस्तै नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति अध्यक्ष वसन्त गिरिले मुख्यमन्त्री कुल प्रसाद केसिको कार्यकाल सफल रहेको बताउदै मिडिया काउन्सिल विधेयक पनि उहाँकै कार्यकालमा ल्याइदिएको भए राम्रो हुने धारणा राखे । त्यस्तै दाङका पुराना पत्रकार नारायण शर्माले बिगतमा हिड्ने बाटो र राप्ती नदिमा तर्ने पुल समेत नभएको देउखुरीमा यसरी बिकासले फड्को मार्दा स्वर्गको अनुभुति रहेको बताए ।
त्यस्तै मुख्यमन्त्रीका प्रेस संयोजक मानसिहं बिकले दाङ्गमा राजधानी सारेपछी यहाँका पत्रकारहरूले अन्यत्रकोले जस्तो घमण्ड नदेखाउन आग्रह गरे । कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशका सचिव कृष्णअधिकारीले मुख्यमन्त्री कुलप्रसाद केसिले आफ्नो कार्यकालमा गरेको बिकास कार्य सर्हानिय भएको जिकिर गरे । कार्यक्रमको अध्यक्षता गरेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री तिलकराम शर्माले वर्तमान मुख्यमन्त्री केसिको मात्र नभइ विगतको नेकपाका नेता तथा तत्कालीन मुख्यमन्त्री शंकर पोख्रेलको कार्यकाल समेत सफल रहेको बताए ।उनले पाँच वर्ष अघि लुम्बिनी प्रदेश सरकारसँग बस्ने कुर्ची र झण्डा समेत नभएको स्मरण गर्दै अहिले आफ्नै संरचनामा सरकार संन्चालन हुनु ठूलो उपलब्धि भएको दावि गरे । यसै बिच सोही कार्यक्रम पछि प्रेस सेन्टर नेपाल लुम्बिनी प्रदेशको चौथो बिस्तारित बैठक पनि देउखुरीमा सम्पन्न भएको छ ।

प्रकाशित : १२ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६