अन्तर्राष्ट्रिय

१० करोडको उपकरण अलपत्र : सरकारको ढिला सुस्ती र भारतको अनिच्छाले अन्तराष्ट्रिय उडान प्रभावित




रुपन्देही १९ पुस । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी (आँखाले देख्नसक्ने दूरी) कम हुँदा जहाज उडान तथा अवतरण प्रभावित भएको छ । इन्स्ट्रमेट ल्याण्डिङ सिस्टम(आईएलएस )थोरै भिजिविलिटी हुँदा पनि जहाज उडान(अवतरण गर्न सकिने उपकरण सञ्चालनमा नआउँदा उडान तथा अवतरण प्रभावित भएको हो । विमानस्थलका अनुसार करिब १० करोड रुपैयाँ खर्चेर क्याटागेरी–१ को आईएलएस उपकरण जडान भएको छ । यो अत्याधुनिकमात्रै छैन, क्याटागोरी २ का उपकरणसमेत प्रयोग गरिएको छ । केही उपकरण थप गर्ने हो भने क्याटगेरी २ अनुसारकै आईएलएस सञ्चालन गर्न सकिन्छ ।
क्याटगेरी २ को आईएलएस जडानले ३५० मिटरकै भिजिविलिटीमा जहाज उडान तथा अवतरण गर्न सकिने विमानस्थल स्रोत बताउँछ । तर, नेपाल नागरिक उड्डयन प्राधिकरण र सरकारको समन्वय अभावले भएको उपकरणसमेत सञ्चालनमा आउन सकेको छैन ।गौतमबुद्ध विमानस्थल भारतसँगको सीमा नजिक पर्ने र आईएलएस उपकरणको प्रयोगबाट जहाज उडान(अवतरण गर्दा भारतको केही आकाश प्रयोग हुन्छ । त्यसैले यो सञ्चालन गर्न भारत सहमत नभएको बुझिएको छ । तर, सरकारले भारतसँग स्वीकृति लिन समन्वय नगरेको बताइएको छ ।कम भिजिविलिटीले आन्तरिक उडानसमेत प्रभावित हुँदै आएको छ । सले गर्दा बिहान ६ बजे विमानस्थल पुगेका यात्रु दिउँसो ३ बजेसम्म जहाज उड्ने प्रतीक्षामा बस्न बाध्य छन् ।जहाज उडाउन सामान्यतया १ हजार ५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ । अहिले भैरहवामा साँझ(बिहानको भिजिविलिटी ५(६ सय मिटरमात्रै पुग्छ । जसले गर्दा जहाजको उडान तथा अवतरण प्रभावित हुँदै आएको छ ।
विमानस्थलमा जडान गरिएको क्याटगेरी(१ को आईएलएस सिस्टममा ५५० मिटरसम्म भिजिविलिटी हुँदा पनि सहजै विमान उडान(अवतरण गर्न सकिन्छ । तर, उक्त उपकरण सञ्चालन नहुँदा भैरहवामा सातामा तीन दिन उडान भर्दै आएको कुवेतको जजिरा एयरलाइन्स र चार्टर्ड उडान गर्दै आएको हिमालय एयरले आफ्नो उडान कटौती गरेका छन् ।विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले अहिलेको मौसमका कारण आन्तरिक उडान पनि तोकिएको समयमा हुन नसकेको जानकारी दिए । दैनिकजसो लाग्ने हुस्सु र कुहिरोले जहाज उडान(अवतरण प्रभावित भएको उनको भनाइ छ ।‘भिजिविलिटी कम हुँदा पनि जहाज सहजै उडान(अवतरण गर्न सकियोस् भनेर विमानस्थलमा आईएलएस उपकरण जडान गरिएको हो । तर, यसको सञ्चालनमा भारतले सहमति नदिँदा समस्या भएको छ’ महाप्रवन्धक दाहालले भने ।
उनका अनुसार सरकारले भारतसँग कुराकानी अगाडि बढाएको छ । तर, भारतबाट कुनै जवाफ आएको छैन ।यता पर्यटन व्यवसायी तथा स्थानीयले फुलफेजमा विमानस्थल चल्नुपर्ने माग गर्दै गराएका छन् । नेपाल ट्राभल्स एण्ड टुर्स एजेन्ट संघ ९नाट्टा० लुम्बिनी प्रदेशकी अध्यक्ष रचना पन्तले सरकारले समयमै समन्वय गरेर यसको समाधान गर्नुपर्ने बताइन् । विमानस्थललाई लक्षित गरेर पर्यटन क्षेत्रमा अर्बौं लगानी भएको तर नियमित उडान नहुँदा व्यवसाय डुब्ने खतरा बढेको उनले गुनासो गरिन् ।
‘व्यवसायी निकै निराश छन्, सरकारले विमानस्थलमा देखिएका हरेक समस्या तत्काल समाधान गर्नुपर्छ’, पन्तले भनिन्, ‘कतिले हवाई टिकट बुकिङ गरेका थिए । तर, आईएलएसका कारण उडान अवरुद्ध हुँदा सबै टिकट रद्द गर्नुपरेको छ । यसबाट हामी व्यवसायी र यात्रु दुबै मर्कामा छौं । सरकारले भारतसँग कुरा गरेर यो समस्या तत्काल समाधान गर्नुपर्छ ।’जेठ २ गतेबाट विमानस्थल सञ्चालनमा आउँदा यस क्षेत्रका व्यवसायी उत्साहित भएका थिए । तर, पछिल्लो पटक अन्तर्राष्ट्रिय उडान नै रोकिएपछि व्यवसायी निराश देखिएका छन् ।निर्माण लागत, मुआब्जा गरेर ४३ अर्ब खर्चमा विमानस्थल तयार गरिएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले यति धेरै रकम खर्चेर निर्माण गरिएको विमानस्थल पूर्ण रुपमा सञ्चालन हुन नसक्दा राम्रो सन्देश नगएको बताए । सामान्य समस्यालाई पनि समयमै सम्बोधन गर्न नसक्नु सरकारको गैरजिम्मेवारीपन भएको उनको भनाइ छ ।
पर्यटन व्यवसायी सागर अधिकारीले कुनै पनि बहानामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान कटौती गर्न नहुने बताए ।पर्यटन व्यवसायी एवं सिद्धार्थ उद्योग वाणिज्य संघका पुूर्वअध्यक्ष विष्णुप्रसाद शर्माले यो विमानस्थल देखेर सय अर्बभन्दा बढी लगानीमा भैरहवा आसपासमा होटलहरु निर्माण भइरहेको बताए । यस्तो वेला उडानमा कटौती गरिए त्यसको दबाब थेग्न सरकारलाई धौ धौ पर्ने उनले चेतावनी दिए ।गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ महिनाको अवधिमा ३१ हजार ६१८ यात्रुले सेवा लिएका छन् । गत जेठ २ देखि पुस ३ गतेसम्ममा १५४ वटा उडान र अवतरण भएका छन्।

प्रकाशित : १९ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६