प्रदेश

विजयनगरमा अनुदानका कृषि औजार वितरण




जानु पाण्डे,
कपिलवस्तु २३ पुस ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले अनुदानमा कृषि औजार वितरण गरेको छ । व्यवसायीक कृषि गर्दै आएका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि औजार वितरण गरिएको थियो । पालिकाले सिँचाईको लागि मोटर, पम्मसेट, स्प्रे ट्याङ्की, चाप कटर लगायतका औजार वितरण गरिएको छ ।
कृषकहरुलाई मागको आधारमा कृषि औजार वितरण गरिएको गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनु भयो । विजयनगर गाउँपालिकामा सिंचाईको धेरै समस्या भएको हुँदा कृषकलाई मोटर र पम्पसेट जस्ता उपकरण अनुदानलाई प्राथमिकता दिइएको अध्यक्ष थापाको भनाई थियो । दुग्ध र मासुको उत्पादन वृद्धि गर्न पालिकाले पशुपालक कृषकलाई प्रोत्साहन गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले बताउनु भयो ।

प्रकाशित : २४ पुस २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६