प्रदेश

बुद्धभूमिमा १२ करोड ५२ लाख बराबरको लागतमा १५ शैय्याको अस्पताल बन्दै




कपिलवस्तु, २६ पुस ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाले १५ शैय्याको अस्पताल बनाउँदै छ । नगरको वडा नं. २ बडहरामा अस्पतालको काम धमाधम जारी छ । पूर्व पश्चिम महेन्द्र राजमार्गको नजिकै बन्दै गरेको अस्पताल निर्माण दुई बर्ष भित्र गरिसक्ने नगरपालिकाको लक्ष्य छ । गएको असार देखि अस्पताल बनाउने काम धमाधम भइरहेको हो ।

बुद्धभूमिमा सुविधायुक्त सरकारी अस्पताल नहुँदा नगरबासीले सहज उपचार सेवा पाउन सकेका थिएनन् । नगर प्रमुख केशवकुमार श्रेष्ठले नगरमा अस्पताल बनाउने काम प्राथमिकतामा राख्नुभएको थियो । १५ शैय्याको अस्पताल निर्माण भएपछि नगर प्रमुख श्रेष्ठको एक सपना साकार हुने छ । दोस्रो कार्यकालका लागि बुद्धभूमिको नगर प्रमुख बन्नुभएका श्रेष्ठले नगरबासीलाई सुविधाजनक अस्पतालबाट सेवा दिन पाउनुहुनेछ ।

नगरले १२ करोड ५२ लाख बराबरको लागतमा अस्पताल बनाउन लागेको हो । ०७९ बैशाख १२ गते सम्झौता गरी ०८१ बैशाख ११ गते काम सकाउने ठेकेदारको लक्ष्य छ । कार्यविधि बनाएर नगरले अस्पताल संचालन गर्ने छ । विशेषज्ञ चिकित्सकको प्रबन्ध मिलाएर विरामीलाई सेवा दिने नगरको योजना छ । सुविधाजनक सरकारी स्वास्थ्य संस्थाको अभाव भएका बेला बुद्धभूमिले बनाउने अस्पतालबाट अन्य छिमेकी पालिकाले पनि लाभ लिन सक्नेछन् ।

नगर प्रमुख श्रेष्ठले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै आउनुभएको छ । पश्चिम नेपालको उत्कृष्ट सर्पदंश उपचार केन्द्र समेत बुद्धभूमिमा छ । यस अस्पताललाई नगरले लगानी लगाउँदै आएको छ । अस्पतालका कर्मचारी व्यवस्थापन देखि अत्यावश्यक उपकरण खरिदको काम नगरले गर्दै आएको हो ।

गर्भवती महिलालाई वर्थिङ सेन्टरसम्म निशुःक एम्बुलेन्स सेवा समेत बुद्धभूमिले दिदैं आएको छ । नगरका १० वटै वडामा स्वास्थ्य चौकीको प्रबन्ध छ । हरेक बर्ष वडातहमा पुगेर नगरबासीलाई निशुल्क स्वास्थ्य चेकजाँच गर्दै आएको बुद्धभूमिले जनाएको छ ।

प्रकाशित : २६ पुस २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६