प्रदेश

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु



भैरहवा २७ पुस । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १ बेलहियास्थित घरघरमा पुगेर सुत्केरीसँग कोसेली भेट गर्नुभएको छ । कोसेली झोलासहित घरघरमा पुगेर आमालाई कोसेली दिँदै उपप्रमुख अधिकारीले सुत्केरी भएको अवस्थामा उनीहरूको स्वास्थ्यका साथै नगरवासीको मुहारमा खुसी ल्याउनका लागि कोसेली भेट गरेको बताउनुभयो ।
नगरपालिकाबाट उपलब्ध गराइएको कोसेली झोलामा ज्वानो, घिउ, मह, सर्फ, डिटोल साबुन, जोनसन साबुन, जोनसन तेल, सेनेनटरी प्याड, झुल र मेक्सी रहेको छ । करिब तीन हजार रुपियाँ मूल्य बराबरको कोसेली एक सय दिनभित्रका सुत्केरी आमालाई उपलब्ध गराउन सुरु गरिएको हो ।
नगरपालिकाबाट कोसेली पाउनका लागि वडा कार्यालयमा निवेदन दिनुपर्ने, विवाह दर्ताको प्रमाण, न्यूनतम चार पटक गर्भवती जाँच गरिएको अस्पतालको कार्ड, आमा र बच्चाको खोपकार्ड, अस्पतालबाट जारी शिशुको जन्म प्रमाणपत्र, जन्मदर्ताको प्रमाण, बुबाआमाको नेपाली नागरिकताको प्रतिलिपि हुनुपर्ने नगरपालिकाले प्रावधान बनाएको छ ।
“यसले समयमै जन्मदर्ता गर्ने, स्वास्थ्य संस्थामा सुत्केरी हुने बानीको समेत विकास गर्नेछ,” उपप्रमुख अधिकारीले भन्नुभयो । सुत्केरी अवस्थामा के खाने रु कति दिन आराम गर्ने रु कस्ता खानेकुरा खाएमा शरीरलाई फाइदा गर्छ रु जस्ता सन्देश लेखिएको पम्प्लेटसमेत कोसेली भेटमा उपलब्ध गराइएको छ । “यसले आमा र बच्चाको मृत्युदरलाई घटाउन पनि टेवा पुग्ने विश्वास लिएका छौँ,” अधिकारीले भन्नुभयो ।

प्रकाशित : २७ पुस २०७९, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६