दाङ १६ माघ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीलाई भेट गर्दै राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्टले राजधानी कार्यन्यवन गर्ने नाममा लामो समय सम्म जग्गा रोक्का हुँदा स्थानीयहरुले निकै सास्ती भोग्नु परेको वताएका छन् । उनले जग्गा एकीकरण कार्यलाई असर नपर्ने गरि तत्काल रोक्का जग्गा फुकुवा गर्न माग गरेका छन् ।अध्यक्ष विष्टले प्रदेश मन्त्रालयहरु व्यवस्थापन गर्नका लागि आफुहरुले सम्पूर्ण वडा कार्यालयहरु उपलब्ध गराएको स्मरण गराउदै आवश्यक परे अन्य भौतिक संरचनाहरु समेत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए ।
अध्यक्ष विष्टले केही मन्त्रालयहरु राजधानी तोकिएको क्षेत्र भन्दा अनेत्र स्थापना गर्न लागिको प्रति असन्तुष्टी जनाउँदै राजधानी तोकिएकै क्षेत्रमा स्थापना गर्नुपर्ने कुरामा जोड दिए ।भेटपछि मुख्यमन्त्री गिरीले जग्गा रोक्का गर्नु कुनै रहर नभई बाध्यता रहेको बताए । उनले भने “जुन उदेश्यले जग्गा रोक्का गरिएको हो त्यो उदेश्य छिटो भन्दा छिटो पूरा गर्न तर्फ सबैले पहल गर्नु पर्छ। ” त्यस्तै उनले आफू नियमित रुपमै राजधानीमा रहेर काम गर्ने बताउँदै स्थानीय र प्रदेश सरकार बीच एक आपसमा सहयोग आदान प्रदान हुनुपर्ने बताए ।
तत्कालका लागि केही मन्त्रालय राख्न भौतिक अभाव रहेको बताउँदै अस्थायी रुपमा केहि वर्षका लागि एक दुई ओटा मन्त्रालयहरु बाहिर स्थापना गर्दैमा अन्यथा नलिन समेत आग्रह गरे । सो अवरमा उनले प्रदेश सरकारको आफ्नै भौतिक संरचना निर्माण पश्चात् सबै मन्त्रालय यहि ठाउँमा स्थायी रुपमा स्थापना हुने विश्वास समेत दिलाएका थिए ।त्यस्तै फरक प्रसंगमा मुख्यमन्त्री गिरीले यस क्षेत्र कृषिको लागि उर्वर क्षेत्र भएकाले युवाहरुलाई कृषि पेशा तर्फ आकर्षित गराउँदै युवा सोरोजगार बढाउन सकिने र त्यसका लागि प्रदेश सरकार स्थानीय सरकार सँग हातेमालो गर्न तयार रहेको बताए ।सो अवसरमा पालिकाकी उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय प्रमुख नेवबहादुर वली, लगायतको सहभागीता रहेको थियो ।
प्रतिक्रिया