प्रदेश

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमास्थलबाट अहिले सम्म कति यात्रुले लिए सेवा ?



काठमाडौं, १६ माघ । भैरहवामा २ जेठ २०७९ देखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले अहिलेसम्म २८ हजार ४८० जना यात्रुलाई सेवा दिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो विमानस्थलमा अन्तर्राष्ट्रिय उडानबाट १४ हजार ५२२ जना यात्रु अवतरण गरेका छन् । १३ हजार ९५८ जना यात्रु विदेशिएका छन् । यो विमानस्थलमा जजिरा एयरवेजले सञ्चालनको पहिलो दिनबाटै उडान थालेको थियो ।

मौसमका कारण उडानहरु रद्द हुन थालेपछि अहिले यहाँ अन्तर्राष्ट्रिय उडान नियमित छैन । केही सयम यहाँ हिमालय एयरलाइन्सले समेत अन्तर्राष्ट्रिय उडान गरेको थियो । यो विमानस्थलमा कुल २४८ वटा उडान भएका छन् । जसमा उडान र अवतरण समान १२४ छन् । नेपालमा अहिले तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आइसकेका छन् । तर, पोखरा अन्तर्राष्ट्रिय उडानबाट भने अहिलेसम्म एउटा पनि अन्तर्राष्ट्रिय उडान भएको छैन ।

भैरहवाले आन्तरिकतर्फ भने एक वर्ष (सन् २०२२)को अवधिमा ६ लाख ८७ हजार ७० जना यात्रुलाई सेवा दिएको छ । यस विमानस्थलबाट ३ लाख ४७ हजार २६१ जना यात्रु भैरहवा अवतरण गरेका छन् । भैरहवाबाट भने ३ लाख ३९ हजार ८०९ जना यात्रु उडेका छन् । आन्तरिक उडानमा पोखरा र भैरहवा सबैभन्दा ठूला हव विमानस्थल हुन् ।

प्रकाशित : १६ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६