प्रदेश

१३ औं कपिलवस्तु महोत्सवको दोस्रो दिनः दर्शकको उत्साहजनक सहभागिता



कपिलवस्तु, १८ माघ ।१३ औं कपिलवस्तु महोत्सवको दोस्रो दिन ४ हजार दर्शकले अवलोकन गरेका छन् । “सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा मंगलबारदेखि सुरु भएको हो । बुधबार ४ हजार दर्शकले अवलोकन गरेको जानकारी दिदैं महोत्सवका संयोजक समेत रहेका कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले २ लाखको आर्थिक कारोबार भएको बताए । बुधबार लोक तथा दोहोरी गायक पशुपति शर्मा र बर्षा थापाले प्रस्तुति राखेका थिए । बुधबारको प्रतिकुल मौसमका बावजुत दर्शकको उत्साहजनक उपस्थिति देखिएको संयोजक घिमिरेले बताए ।

यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाई छ । कपिलवस्तु उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा महोत्सवका निर्देशक छविरेस्मी मगरले विहिबार आधुनिक तथा पप गायक कमल खत्री, लोक तथा दोहोरी गायक दिपक दर्लामी मगर, लोक तथा दोहोरी गायिका सम्झना रणपाल लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने जानकारी दिए । निर्देशक रेस्मीले बुधबार ११ औं कपिलवस्तु डान्स आईडलतर्फ २० जना प्रतिस्पर्धीले प्रस्तुति दिएको बताए । उनका अनुसार भोलिबाट ति प्रतिस्पर्धीमध्ये क्रमश आउट हुदै जाने छन् । भोलिबाट गायन आईडल समेत सुरु हुने उनले जानकारी दिए । मंगलबारबाट सुरु भएको १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव माघ २९ गतेसम्म संचालन हुने छ ।

प्रकाशित : १९ माघ २०७९, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६