ब्रेकिंग न्युज

नेपाली किशोरीलाई बलि चढाउन भारत लगिएको आशंका, ६ पक्राउ



काठमाडौं, २० माघ । बलि चढाउन भन्दै भारत लगिएको आशंका गरिएको एक जना किशोरीको प्रहरीले उद्धार गरेको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावास, भारतीय प्रहरी र भारतीय संस्था किन इण्डियाको सहयोगमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले १६ वर्षीया नेपाली किशोरीको उद्धार गरेको हो ।

ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवन श्रेष्ठका अनुसार उनलाई भारतको रन्होला थापाको वडा एरिया अन्तरगत मंगलबजार गल्ली नम्बर २, बापरुल्लाबाट उद्धार गरिएको छ । उनलाई बिहीबार उद्धार गरेर नेपाल ल्याइएको श्रेष्ठको भनाइ छ ।

बालिकालाई भारत लैजाने कार्यमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । अझै अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले पक्राउ पर्नेहरुको नाम सार्वजनिक गरेको छैन ।

प्रहरीका अुनसार पीडित किशोरीलाई १७ मंसिरमा मामा घरबाट काठमाडौं ल्याएर राखिएको थियो । त्यसक्रममा पीडितलाई आफन्तसँग समेत सम्पर्क गर्न नदिई बन्धक बनाएको पाइएको एसएसपी श्रेष्ठले बताए ।

प्रहरीका अनुसार २० पुस विभिन्न व्यक्तिहरु मिलेर उनलाई स्थलमार्गबाट सुनौली नाका हुँदै भारतको नयाँदिल्ली पहाडगञ्ज लगेका थिए । पक्राउ परेकाहरुले दिएको बयान अनुसार उनीहरुलाई कम्तीमा ५ फिट ४ इञ्च उचाइ भएको, शरीरमा कुनै दाग वा ट्याटु नभएको र कुनै अंगमा चोटपटक नभएको, रजश्वला नभएको किशोरी ल्याउन भनिएको थियो ।

पीडित किशोरीलाई एक जना तान्त्रिक बाबासँग भेटाइदिएर खुशी बनाए अथाह पैसा पाउने भनिएको प्रहरीको भनाइ छ । ‘बालिकालाई भारतको विभिन्न स्थानमा रहेका ३ जना फरकफरक तान्त्रिकसँग भेटाएको पनि पाइएको छ’ श्रेष्ठले भने, ‘हाल किशोरीलाई एक सामाजिक संस्थाको सेल्टरमा राखिएको छ ।’ साभार

प्रकाशित : २० माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६