प्रदेश

राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन



काठमाण्डौ, २२ माघ । नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षका जबराको काठमाण्डौमा रहेको नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको उहाँका ज्वाइँ तथा नेपाली कांग्रेसका नेता सुनीलबहादुर थापाले जानकारी दिनुभयो ।

जबरा नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुनुहुन्थ्यो । उहाँ हिमालयन बैंकका संस्थापकसमेत हुनुहुन्थ्यो । १४ वर्षमा मेट्रिक पास गरेका उहाँ नेपाल सरकारको सचिव हुँदै नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर बन्नु भएको थियो । राजा महेन्द्र शाहले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी गभर्नरको नियुक्ति दिँदा उहाँ २९ वर्षको मात्रै हुनुहुन्थ्यो ।

प्रजातन्त्रको चेतका कारण राणा परिवारमा जन्मिए पनि उहाँ राणाविरोधी आन्दोलनमा सक्रिय रुपमा सहभागी हुनुभएको थियो । जबराको नेतृत्वमा राष्ट्र बैंकले नेपालको वित्तीय क्षेत्रमा उथलपुथल नै ल्याएको थियो । नेपालमा भारतीय नोटको प्रचलनलाई हटाउनेदेखि अरु वित्तीय सुधारका कामहरु पनि उहाँकै पालामा भएको थियो ।

जबराले संयुक्त राष्ट्र सङ्घ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आउनु भएको थियो ।

प्रकाशित : २२ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६