प्रदेश

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी



काठमाण्डौ , २२ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्यालले उम्मेदवारी दिनुभएको छ । उहाँले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिनुभएको हो ।

अर्यालको प्रस्तावकमा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ तथा समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहनुभएको छ । संसद् सचिवालयले उम्मेदवारी दर्ताको समय आज आइतवार दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । भोलि सोमवार बस्ने राष्ट्रिय सभा बैठकमा उपाध्यक्षका लागि चुनाव हुनेछ ।

माओवादीकी अर्याललाई सत्तारूढ सबै तलको समर्थन रहेको र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेका कारण उहाँ राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुने सम्भावना रहेको छ ।

प्रकाशित : २२ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६