प्रदेश

नेपाल एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलबाट छिट्टैउड्छः मन्त्री किराती



बुटवल, २२ माघ ।

संस्कृती, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट तत्काल नेपाल एयरलाइन्सको जहाज सञ्चालन गर्न पहल गर्ने बताएका छन् ।

मन्त्री भएपछि पहिलोपटक विमानस्थल आएका उनले अहिले रोकिएको उडान सुरू गर्न नेपाल एयरलाइन्सको विमान ल्याउनुपर्ने विषय उठेकाले यसबारे तत्काल पहल थाल्ने बताए ।गौतमबुद्ध विमानस्थलमा ६ महिनादेखि अन्तर्राष्ट्रिय उडान बन्द छ । आइतबार विमानस्थल निरीक्षणपछि पत्रकारहरुसँग बोल्दै मन्त्री किरातीले विमानस्थलमा नियमित उडानका लागि उच्चस्तरीय तहबाट कुटनितिक र मन्त्रालयबाट प्राविधिक समस्या हल गर्ने प्रतिबद्वता जनाए ।

उनले विमानस्थलमा रोकिएको उडान नियमित गराउन भारतसँग रूटका लागि प्रधानमन्त्री तहबाट कुटनीतिक पहल गर्ने बताए । मन्त्री किरातीले प्रधानमन्त्री प्रचण्डको भारतीय भ्रमणमा गौतमबुद्व विमानस्थलको रूटको एजेन्डा राख्ने बताए ।

‘प्रधानमन्त्रीको भारत भ्रमणमा गौतमबुद्व विमानस्थललाई आवश्यक हवाई रुटको बिषय मुख्य अजेन्डामा पर्छ,’ उनले भने, ‘श्रीलंकाबाट सिधा भैरहवा उडानका लागि परराष्ट्र मन्त्रीको भ्रमणमा पनि कुरा भएको छ ।’निरीक्षणअघि विमानस्थलको अवस्थाका बारेमा गरिएको बिफ्रिङमा मन्त्री किरातीले कर्मचारीहरुलाई विमानस्थल सञ्चालनका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका थिए ।

उनले विमानस्थल देशको अनुहार भएकाले गौतमबुद्व विमानस्थल सफा राख्न आग्रह गरे । मन्त्रालयका सचिव सुरेश अधिकारीले कार्यालयहरूबीच समन्वय गरेर अगाडि बढ्दा धेरै समस्या हल हुने बताए । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले रूटका कारणले भारतीय आकाश प्रयोग गर्न नपाउँदा उडान रोकिएको बताउँदै सञ्चालनका लागि निजी क्षेत्र, स्थानिय सरकार र प्रदेश सरकारसँग पनि छलफल गरिएको बताए ।

प्रकाशित : २२ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६