प्रदेश

रुपन्देहीमा बस र कार ठोक्किँदा एक जनाको मृत्यु



रुपन्देही, २३ माघ । बस र कार ठोक्किँदा रुपन्देहीको भैरहवामा गए राती एक जनाको ज्यान गएको छ । उक्त दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । बुटवलबाट भैरहवातर्फ गइरहेका बस र कार भैरहवाको अञ्चलपुरस्थित सडकमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले जनाएको हो ।

सडकमा रोकिराखेको लु २ ख ६०६ नम्बरको ट्रकमा ठोक्किने सवारी साधनमा लु २ ख ६०३८ नम्बरको बस र ग १ च ३७१३ नम्बरको निजी कार रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि तनहुँको भीमाद नगरपालिका वडा नं ५ बस्ने २१ वर्षीय हरिस तिवारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । त्यसैगरी पश्चिम नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका वडा नं १ बस्ने ३९ वर्षीय वासु घिमिरे र सोही ठाउँका १६ वर्षीय दीपेश घिमिरे घाइते भएका छन् ।

सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्ड अन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकिराखेको ट्रकमा बस र निजी कार राती करिब ३ः३० बजेको आसपासमा ठोकिएको प्रहरीले जनाएको छ ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६