प्रदेश

राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित



काठमाण्डौ, २३ माघ । राष्ट्रिय सभाबाट तीन वटा विधेयक पारित भएको छ । सोमवार बसेको बैठकमा अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६, अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ र खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ सर्वसम्मतिले पारित भएको हो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अनुगमन तथा मूल्याङ्कन विधेयक २०७६ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । त्यसैगरी उहाँले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको तर्फबाट पेस गर्नुभएको अखिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पनि पारित भयो ।

बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ पारित गरियोस् भन्ने प्रस्ताव कृषि तथा पशुपक्षी विकास मन्त्री ज्वालाकुमारी साहले पेस गर्नुभएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही माघ २७ गते शुक्रवार बेलुकि ५ बजेका लागि बोलाइएको छ ।

प्रकाशित : २३ माघ २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६