प्रदेश

नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्नुपर्छः राष्ट्रपति



काठमाण्डौ, २७ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार सङ्घीय संसद्का संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘नागरिकले घरदैलोमा नै सरकार छ भन्ने अनुभूति गर्न सक्ने गरी सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्छ ।’ नागरिकमा राज्यको उपस्थिति छ भन्ने देखाउन सार्वजनिक सेवा प्रवाह चुस्त दुरुस्त हुनुपर्ने उहाँले बताउनुभयो ।

राष्ट्रपति भण्डारीले किसानले मल अभाव झेल्ने समस्याको अन्त्य गर्न समयमै रासायनिक मल उपलब्ध गराइनुपर्ने बताउनुभयो । उहाँले निश्चित खाद्यवस्तु तोकेर त्यसमा आत्मनिर्भर बन्नेतर्फ योजना बनाइनुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले संविधान र कानुनले प्रत्याभूति गरेका विषयहरू पूर्णरूपमा अवलम्बन गर्न अझै बाँकी रहेको पनि बताउनुभयो ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६