प्रदेश

अर्घाखाँचीको सितगंगामा भालुको आक्रमण, २ जना घाइते



अर्घाखाँची, २७ माघ ।
अर्घाखाँचीको सितगंगामा भालुको आक्रमणबाट २ जना घाइते भएका छन् । घाइते हुनेमा सितगंगा नगरपालिका ७ का ५९ वर्षीय चोपबहादुर गाहा र ५० वर्षीय लालबहादुर राना रहेको प्रहरीले जनाएको छ ।

खेतमा वस्तु भाउ चराउँदै गर्दा गाहा र रानलाई शुक्रबार दिउँसो आक्रमण गरेको थियो । भालुको आक्रमणबाट गाहाको दाहिने हात र दाहिने खुट्टा पछाडीको भागमा चोट लागेको छ भने रानाको पछाडीको भागमा टोकेर चोट लागेको स्थानीय कमल लामिछानेले बताए ।

आक्रमण गर्ने भालु भागे पनि एउटा भालुको वच्चा स्थानीयले नियन्त्रणमा लिएर प्रहरी बुझाएका छन् । घाइते दुबै जनालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ ।

प्रकाशित : २७ माघ २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६