हरि घिमिरे
कपिलवस्तु, २७ माघ ।
कपिलवस्तुको बाणगंगा वडा न. ८ मा रहेको मधुवन सामुदायीक वन उपभोक्ता समितिको अध्यक्षमा शान्त विक्रम पौडेल निर्विरोध निर्वाचीत भएका छन् । वनको १७ औं बार्षिक साधारण सभा तथा ८ औँ अधिवेसन बाट पौडेल निर्विरोध निर्वाचीत भएका हुन् । पौडेलको नेतृत्वमा १५ सदस्यिय कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा शालिकराम भुसाल, सचिवमा अनिता थापा, सह-सचिवमा तुल्सीराम पौडेल, कोषध्यक्षमा सरिता अर्याल, निर्विरोध निर्वाचीत भएका छन् ।

त्यस्तै सदस्यहमा कमला पौडेल, शंकर प्रसाद भुसाल, माया विक, लक्ष्मण पाण्डे, डोर बहादुर भण्डारी, विना सुनार, रमेश न्यौपाने, करण थारु, सुनिता आचार्य, र टोपलाल भण्डारी चयन भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा मधु अर्याल, सह-संयोजकमा प्रतिभा पौड्याल, सदस्यहरुमा लिलाधर भण्डारी र काशीराम घिमिरे निर्विरोध निर्वाचीत भएको निर्वाचन अधिकृत पौडेलले बताए ।
निर्वाचन पछि निर्वाचन अधिकृत पोमनारायण पौडेलले कार्य समितीका पदाधिकारी, लेखा समितीका पदाधिकारीलाई सपथ ग्रहण गराउनु भएको हो ।

आठौं अधिवेशनका लागि पोमनारायण पौडेलको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । जसको सदस्यमा रहेका भत्तिराम घिमिरे, मोहन अधिकारी, पुर्णकला सुनार, दयाराम पौडेलले निर्वाचन सम्पन्न गराएका छन् । माघ २२ गते आईतवार वनको प्राङ्गगणमा १७ औं बार्षिक साधारण सम्पन्न भएको थियोे ।








प्रतिक्रिया