अर्थ-वाणिज्य

कपिलवस्तुमा हात्तीपाइले रोगको औषधी खुवाउन प्रभावकारी कार्यविधी बन्यो




बिकास थापा
कपिलवस्तु २८ माघ। हात्तिपाइले रोग विरुद्धको औषधी खुवाइने कार्यक्रमलाई यस बर्ष थप प्रभाबकारी बनाउने गरि अघि जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले तयारी तिब्र पारेको छ । कपिलबस्तुमा फागुन ११ गतेबाट हात्तीपाईले रोग बिरुद्धको औषधी खाने अभियान १५ औं पटक संचालन गरिने स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ । आज जिल्लाका पत्रकारहरु संग अन्तरक्रिया गर्दै स्वास्थ्य कार्यालयले कपिलबस्तु सहित नेपालमा गतबर्षबाट हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रममा तीनथरिका औषधी खुवाइदै आएकोमा सोहि अभियानलाई निरन्तरता दिइएको छ । कार्यक्रम अन्तर्गत ६ सय भन्दा बढि स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेवक ११ सय ७ जना खटिने स्वास्थ्य कार्यालय कपिलबस्तुले जनाएको छ ।खानेले खाइरहने र नखानेले खादै नखाइदिंदा हात्तीपाइले रोगविरुद्धको अभियान असफल हुँदै आएको जिल्ला जनस्वास्थ्य निर्देशक उमेशचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

जिल्लामा हात्ति पाईलेको औषधी खुवाउने नागरिकको कुल जनसंख्या ६ लाख ४० हजार रहेको बताउँदै करिब ८० प्रतिशत नागरिकलाई हात्तिपाईलेको औषधी खुवाउने स्वास्थ्य कार्यालयको उदेश्य रहेको बताउनुभयो । बिगतका बर्षहरुमा गरिएको निवारण अभियान त्यति प्रभावकारी नभएको र हाल यसको प्रभावकारीका लागी बिद्यालयतहबाटै औषधीको बितरण गरिने पनि उहाँले बताउनुभयो ।घिमीरेले फागुन ११ देखि २४ गतेसम्म अभियान सन्चालन गरि फागुन २५ देखि २७ गतेसम्म दुईवटा चरणमा यसको अनुगमन गरिने उल्लेख गर्नुभयो । आर्थिक बर्ष २०६३÷६४ देखि सुरु भएको अभियानको पाँचबर्षमा अभियान सफलतोन्मूख रहेतापनि त्यसपछिका अभियानहरु लक्ष्य भेटाउन असफल भएको तथ्यांक रहेको छ ।

प्रकाशित : २८ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६