प्रदेश

हात्तिपाइले रोग विरुद्धको औषधि खान कोहि छुट्नु हुँदैनः मेयर श्रेष्ठ




कपिलवस्तु, २८ माघ ।
कपिलवस्तु बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठले हात्तिपाइले रोग विरुद्धको औषधि खान कोहि छुट्नु नहुने बताउनु भएको छ । मेयर श्रेष्ठले बुद्धभूमि लगाएत जिल्लाका सबै नागरीकलाई एक सय प्रतिशत खुवाउनुपर्नेमा जोड दिनुभएको छ ।

फाल्गुण ११ गते देखि जिल्लामा शुभारम्भ हुन थालेको आम औषधि वितरण अभियानलाई नगरपालिकामा पूर्ण रुपमा सफल पार्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

हात्तिपाइले रोग विरुद्धको आम औषधि सेवन कार्यक्रमको नगर स्तरीय कार्यक्रममा बोल्दै उहाँले स्वास्थ्य र शिक्षाको विकास बिना सोचेजस्तो समृद्धि हासिल गर्न नसकिने भन्दै हात्तिपाइले रोगलाई सधैका लागि उन्मूलन गर्नका लागि सबैको साथ र सहयोग रहनुपर्नेमा जोड दिनुभयो ।

जिल्लामा १५ औ चरणको अभियान चलेपनि यसले सोचेजस्तो सफलता हासिल गर्न नसकेको भन्दै यसमा सबै चिन्तित हुनुपर्ने बताउनुभयो । यो रोगको दीर्घकालिन समाधानका लागि औषधि सेवन नै प्रमुख रहेको उहाँले उल्लेख गर्नुभयो ।

छिमेकी जिल्ला रुपन्देही, नवलपरासीमा उन्मूलन भएको हात्तिपाइले रोग कपिलवस्तुमा किन उन्मूलन हुन सकेन भन्दै अब कपिलवस्तुबाट पनि यसको अन्त्यका लागि आम औषधि सेवनलाई प्रभावकारी पार्नुपर्ने मेयर श्रेष्ठले बताउनुभयो ।

हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानलाई नगरमा सफलतापूर्वक सम्पन्न गराउन आफू लाग्ने उहाँले प्रतिवद्धता जनाउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत रमेश गौतमले हात्तिपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानमा नगरका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार, सामाजिक अगुवा सबैलाई परिचालन गर्ने बताउनुभयो ।

नगरका स्वास्थ्य शाखाका अधिकृत गोकर्ण अर्यालले हात्तिपाइले रोग विरुद्धको औषधि वितरणलाई प्रभावकारी बनाउने आफ्नो योजना सुनाउनुभएको थियो ।

प्रकाशित : २८ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६