प्रदेश

अख्तियारको दुरुपयोग अनुसन्धान आयोगले ३२ औँ स्थापना दिवस मनाउँदै



काठमाण्डौ, २८ माघ । ‘मिलेर फालौँ भ्रष्टाचारको जालो, सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो’ भन्ने मूल नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज ३२ औँ स्थापना दिवस मनाउँदैछ ।

सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा अनुसन्धान गरी भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने संवैधानिक निकायका रूपमा आयोगको स्थापना भएको हो । आयोगको काठमाण्डौको टङ्गालमा रहेको केन्द्रीय कार्यालयसहित आठवटा मातहतका कार्यालय रहेका छन् । आयोगले स्थापनादेखि अहिलेसम्म अख्तियार दुरुपयोग भएका विषयमा अनुसन्धान र छानबिन गरी भ्रष्टाचार गरेको देखिएमा अदालतमा मुद्दा दायर गर्दै आएको छ ।

आयोगले गरेका काम सङ्ख्यात्मक रुपमा चित्तबुझ्दो भए पनि प्रभावकारी अनुसन्धानमा चुनौती रहेको जानकारहरुको भनाइ छ । भ्रष्टाचार रोक्न चुनौतीपूर्ण रहेको तथा सरकारी कोषमा राजस्व सङ्कलन गर्ने र खर्च गर्ने दुवै अवस्थामा भ्रष्टाचार हुने प्रवृत्ति विद्यमान रहेको अख्तियारले नै भन्दै आएको छ ।

सरकारका प्रायः सबै क्षेत्रमा कुन न कुनै किसिमको भ्रष्टाचार रहेको ट्रान्सपरेन्सी इन्टरनेसनलको प्रतिवेदनले देखाउँदै आएको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनले पनि वित्तीय अराजकता बढेको औँल्याएको छ ।

देशमा विद्यमान भ्रष्टाचार रोक्न सरकारी निकाय, नियमन निकाय र नागरिक समाजको संयुक्त हातेमालो जरुरी रहेकोमा अख्तियारले जोड दिँदै आएको छ।

प्रकाशित : २८ माघ २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६