प्रदेश

कपिलबस्तु पर्यटन विकास अध्ययन समितिको बैठक सकियो, के भए निणर्य ?




कपिलवस्तु, २९ माघ ।
कपिलबस्तु पर्यटन विकास समितिद्धारा गठित अध्ययन समितिको बैठक सकिएको छ । शनिवार मधेश मानव अधिकार गृह (माहुरी होम) तौलिहवामा बैठक बसेको हो । कपिलबस्तु पर्यटन विकास समितिकाको आयोजनामा कपिलबस्तु विकास कोष गठनको परिकल्पना सहित यही पुरातत्वविद प्रा.डा.बसन्त विडारीको प्रमुख आतिथ्यतामा बैठक भएको जनाईएको छ । उत्त बैठकले विभिन्न महत्वपुर्ण निणर्य गरेको छ ।

बैठकले जिल्लामा भएका ऐतिहासिक तथा पुरातात्विक सम्पदाहरु नष्ट हुँदै गएको निष्कर्ष निकालेको छ । त्यस्ता सम्पदाहरुको अवस्थालाई मध्यनजर गर्दै सम्पदा संरक्षण सम्बन्धि जनप्रतिनिधि एवम सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउने निणर्य गरेको छ । त्यस्तै प्राचीन स्मारक एवम ऐतिहाँसिक सम्पदा संरक्षणको जिम्मबारी पाएको जिल्ला प्रशासन कार्यालय कपिलस्बस्तुलाई ध्यानाकर्षण गराउने जस्ता निणर्य गरेको पर्यटन विकास समितिका अध्यक्ष हरिश चन्द्र खनालले जानकारी दिए ।

यस्तै बैठकले विभिन्न निकायलाई ससमेटेर आवश्यक जिम्मेबारीहरु बाँडफाँड समेत गरेको छ । जसले कपिलबस्तु जिल्लामा भएका धार्मिक,ऐतिहासिक,पुरातात्विक तथा पर्यटकिय सम्पदाहरुको तथ्याङ्क सँकलन गर्ने जिम्मेवारी समितिका संयोजक हरिश चन्द्र खनालाई दिएको छ । साथै कपिलबस्तु विकास कोषको संभाब्यता अध्ययनको प्रतिवेदन लेखनको जिम्मेबारी विद्धान सदस्य चर्तुभुज पाण्डेयलाई दिएको छ ।

कपिलबस्तु पर्यटन विकास समितिको आयोजनामा हुने सम्पदा संरक्षण सम्बन्धि जनचेतनामुलक कार्यक्रम गर्नका लागी सम्बन्धित पक्षसँग आवश्यक समन्वय गर्न समितिका सदस्य एवम सामाजिक अभियन्ता रविन्द्र ठाकुरलाई जिम्मेबारी दिने निर्णय गरेको हो । बैठकले फाल्गुण १५ गते भित्र संभाब्यता अध्ययन प्रतिवेदनको प्रारम्भिक मस्यौदा तयार गर्न समय सीमा निर्धारण गरिएको अध्यक्ष खनालले बताएका छन ।

प्रकाशित : २९ माघ २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६