हरि घिमिरे
कपिलवस्तु, २९ माघ । कपिलवस्तुको बाणगंगा वडा न. ३ मा रहेको राजापानी सामुदायिक वन उपभोक्ता समितिको अध्यक्षमा सिता देवी पौडेल निर्विरोध निर्वाचीत भएकि छन् । वनको १९ औं बार्षिक साधारण सभा तथा ९औँ अधिवेशन बाट पौडेल निर्विरोध निर्वाचीत भएकि हुन । पौडेलको नेतृत्वमा १७ सदस्यिय कार्य समिति चयन भएको छ । चार सदस्य चयनको प्रक्रियामा रहेका छन् । जसको उपाध्यक्षमा कुल बहादुर सोमै, सचिवमा दिनानाथ पाण्डे, सह–सचिवमा धनराज झेडि मगर, कोषाध्यक्षमा सन्तराम रौतार, निर्विरोध निर्वाचीत भएका छन् ।
त्यस्तै सदस्यहमा राजापानि मौजाबाट विष्णु मणि ज्ञवालि, गंगौलि मौजाबाट पोष्टराज अर्याल, हथौसा मौजाबाट कमला थारु, हरिहरपुर मौजाबाट रुपा नेपाली, तिल्कन्हा मौजाबाट लक्ष्मी थारु, चम्कीपुर मौजाबाट नोखिया थरुनी, ठाकुरापुर मौजाबाट डिलाकुमारी शर्मा, गजेहडा मौजाबाट कर्ण बहादुर कुवंर निर्वाचीत भएका छन् । त्यस्तै धनकौलि झुगाँबाट गंगा अर्याल, कुबेरापुर मौजाबाट सेर बहादुर मल्ल, धनकैलि मौजाबाट रम्भा रौतार, कर्महना बाट गिरी प्रसाद खनाल निर्वाचीत भएका छन् ।
त्यस्तै लेखा समिति संयोजकमा विष्णु प्रसाद अर्याल, सदस्यहरुमा गिता थापा, हरिद्धार प्रसाद चैधरी निर्विरोध निर्वाचीत भएको निर्वाचन अधिकृत कृष्ण प्रसाद भट्टराईले बताए । निर्वाचन पछि निर्वाचन अधिकृत कृष्ण प्रसाद भट्टराईले कार्य समितीका पदाधिकारी, लेखा समितीका पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।
सपथ ग्रहण पछि कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणि अर्यालले सामुदायिक वनलाई विकास निर्माणसंगै उपभोक्ताहरुको रोजगारी र जिविकोपार्जनसंग जोड्न आवश्यक रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि अर्यालले सामुदायिक वनले कार्ययोजना निर्माण गर्दा स्थानीय सरकार र डिविजन वन कार्यालयसंग समन्वय गर्न आवश्यक रहेको बताए । वनको ऐनमा सामुदायिक वनको आम्दानीको १० प्रतिशत स्थानीय सरकारको कोषमा जम्मा गर्नुपर्ने उल्लेख गरे पनि व्यवहारमा त्यस्तो लागु नभएको उनको भनाई छ । नगरपालिकाले राजापानी सामुदायिक वनको पर्यापर्यटन प्रवद्र्धनका लागि विगतका वर्षमा सहयोग गर्दै आएको र आगामी दिनमा पनि हातेमालो गरेर अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
९औँ अधिवेशनका लागि कृष्ण प्रसाद भट्टराइको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको थियो । जसको सदस्यमा यमलाल आचार्य, दोलख बहादुर पछाई, योगनाथ सुनार तथा सुनिता गभुर्जाले निर्वाचन सम्पन्न गराएका छन् । माघ २९ गते शुक्रवार वनको प्राङ्गगणमा १९ औं बार्षिक साधारण सम्पन्न भएको थियोे ।








प्रतिक्रिया