कञ्चनपुर, ०१ फागुन । जनयुद्व दिवस मनाउँदै गर्दा कञ्चनपुरबाट नेकपा क्रान्तिकारी माओवादी र नेकपा बहुमतका नेता प्रकाउ परेका छन्।
सोमबार जनयुद्ध दिवस मनाउन महेनद्रनगर बजार पुगेका नेकपा बहुमत केन्द्रीय सल्लाकार डम्बरबहादुर बिष्ट नेकपा क्रान्तिकारी माओवादीका सुदूरपश्चिम प्रदेश ईन्चार्ज प्रेम सुवेदी, क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य हरि सुवेदी बहुमतका कञ्चनपुर जिल्ला ईन्चार्ज अर्जुन दयाल,बहादुर महरा, बहुमत निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष्य बिरेन्द्र शाह ,नेकपा बहुमत कञ्चनपुका संयोजक नक्साल कार्यालय सचिव दिपेन्द्र ऐरी बिध्याथी नेता सुरेन्द्र धानुक,कमल ऐरी,बिरेन्द्र नाथ ,रमेश नाथ र नेकपा क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीका सुदुरपश्चिम संयोजक पुष्कर जोशी पक्रउ परेका छन्।
जनयुद्ध मनाउन गएका नेतालाई प्रहरीले गिरप्तार गरेको नेकपा क्रान्तिकारी माओवादीका प्रदेश सेक्रेटरी रामबहादुर महराले जानकारी दिए।








प्रतिक्रिया