प्रदेश

चोक,चौराहमा बोल्न सक्ने अधिकारको सुनिश्चीत जनयुद्धले गरेको होः संयोजक बेल्बासे




हरि घिमिरे
कपिलवस्तु, ०१ फागुन ।
नेकपा माओवादी केन्द्र कपिलवस्तुका जिल्ला संयोजक बिष्णु बेल्बासेले जनताले चोक, चौराहमा बोल्न सक्ने अधिकारको सुनिश्चीत जनयुद्धले गरेको ठोकुवा गरेका छन् । उनले विभिन्न काल खण्डको सन्र्दभ औल्याउदै जनयुद्ध पछि मात्रै जनताहरु सडकमका ओर्लेर बोल्न सक्ने भएको बताए ।


२८औँ जनयुद्ध दिवसका अवसरमा बाणगंगामा आज आयोजित कार्यक्रममा यस्तो बताएका हुन । संयोजक बेल्बासेले माओवादी आन्दोलनका विभिन्न पक्ष धारलाई सामाजिक न्याय र रुपान्तरणका निम्ति एकताबद्ध भएर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे । उनले मुलुकको समृद्धिका लागि माओवादीका विभिन्न धारबीच एकता आवश्यक रहेको बताए ।

दिवसका अवसरमा माओवादी केन्द लम्बिनी प्रदेश सचिवलय सदस्य जनि बन्जाडले भनिन “जनयुद्ध ऐतिहासिक दिन भएकाले वैधानिक तवरले जनयुद्धलाई यसअघि नै स्थापित गरिनुपथ्र्यो ।” उनले ढिलै भए पनि सरकारले जनयुद्ध दिवस मनाउने र सार्वजनिक बिदा दिने निर्णय गरेकोले युद्धमा होमिएका सबैका लागि यो सम्मान स्वरुप भएको बताईन । यो दिवसलाई स्मरण गर्दै अहिले आफूहरु सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ यात्रामा अगाडि बढ्न थालेको उनको भनाइ छ ।


यस्तै कार्यक्रममा प्रदेश कमिटी सदस्य सुकै थारु, नारायण भुसाल लगाएतले आ आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जनयुद्धका प्रथम सहिद गोर्खाका दिल बहदुर रम्तेलको तस्बिरमा टीका तथा माल्यापर्ण गरिएको थियो ।
नेकपा माओबादी केन्द्र बाणगंगा नगर अध्यक्ष देवराज अर्यालको अध्यक्षता, नेता टेकेन्द्र क्षेत्रिको स्वागत रहेको कार्यक्रमको संचालन नगर सचिव प्रेम बिकको सन्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा करिब २ सय नेता तथा कार्यक्रताको उपस्थिती रहेको थियो ।

प्रकाशित : १ फाल्गुन २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६